Trending
Prev Story
Next Story

मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

Nagarik News •
October 31, 2026 • 10:13 AM
1
1 reads 0 reactions

सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।

मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जर्सी ओभरसिज एड (जेओए) को आर्थिक सहयोगमा सञ्चालित होम्स नेपाल परियोजनाअन्तर्गत जनकपुरधाममा आयोजना गरेको ‘वित्तीय समावेशीकरण र सुरक्षित आवासका लागि प्रणाली सुदृढीकरणः चुनौती र अवसरहरू’ विषयक कार्यशालामा सहभागीले सुरक्षित आवासलाई विपद् जोखिम न्यूनीकरणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य सुरिताकुमारी साहले सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएकाले यसलाई विपद् जोखिम न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताइन्। आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्‍याउन सरकार, स्थानीय तह र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम मधेस प्रदेशका आठवटै जिल्लामा विस्तार गरी लक्षित समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन्।

मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले विपन्न समुदायको आवासमा पहुँच पुर्‍याउन आवास कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए । उनले पछिल्लो समय मधेस प्रदेशमा सञ्चालित आवास कार्यक्रमबारे पनि चर्चा गरे।

तीनै तहका सरकार तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सुरक्षित आवास, आवाससम्बन्धी वित्तीय सेवा, लघु बीमा र डिजिटल वित्तीय सेवामा समुदायको पहुँच विस्तार गर्ने सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो।

कार्यशालामा स्थानीय तह, प्रदेशस्तरीय निकाय, राष्ट्रिय नियामक संस्था, वित्तीय सेवा प्रदायक तथा विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा सुरक्षित आवास, आवास वित्त, लघु आवास बीमा तथा वित्तीय र डिजिटल साक्षरताका विषयमा छलफल गरिएको थियो। सुरक्षित आवास कार्यक्रमलाई प्रभावकारी बनाउन नीतिगत व्यवस्था, वित्तीय सेवाको पहुँच, संस्थागत समन्वय तथा स्थानीय तहको भूमिकालाई थप सुदृढ बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित: १४ कार्तिक २०८३ १५:५८ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#विस्तार
Compare →
Hamro Patro News
12h ago
एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

एनपीएल : सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ । शुक्रबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुर...

#सुरक्षित
Compare →

Related Stories

National (Nepal)
Build #2612