काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा भइरहेको वर्षा साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ । मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भूभागमा पनि वर्षा कम हुँदै गएको छ ।
Read full story at source ( barnanmedia.com )