Trending
Prev Story
Next Story

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

Ekantipur •
October 20, 2026 • 03:58 PM
1
1 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सामा एक महिनामा १०३ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा — अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका १०३ जना प्रतिवादीलाई पर्सा प्रहरीले एक महिनामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा सञ्चालन गरेको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार, पक्राउ परेका प्रतिवादीको हकमा कुल ४० वर्ष ११ महिना १२ दिन कैद सजाय र २ करोड ७१ लाख ७९ हजार १२ हजार ४ सय ४२ रुपैया जरिवाना कार्यान्वयन गर्नुपर्ने देखिएको छ । प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान सञ्चालन गरेको जनाएको छ ।

अदालतबाट फैसला भए पनि कैद सजाय भुक्तान नगरेका र जरिवाना नतिरेका प्रतिवादी लामो समयसम्म फरार रहँदा न्यायिक प्रक्रिया पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने भएकाले उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रियामा ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीको हकमा अदालतको फैसला र कानुनी व्यवस्थाअनुसार कैद तथा जरिवाना असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउलाई प्राथमिकतामा राखेको बताए । अदालतबाट दोषी ठहर भएका व्यक्तिले सजाय भुक्तान नगरी उन्मुक्ति पाउने अवस्था अन्त्य गर्न फैसला कार्यान्वयन अभियान महत्त्वपूर्ण हुने प्रहरीको भनाइ छ ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ । कैद सजाय र जरिवानासम्बन्धी फैसला कार्यान्वयनले न्यायिक निर्णयको प्रभावकारिता बढाउनुका साथै कानुनको शासन कायम गर्न सहयोग पुग्ने डीएसपी मल्ल बताउँछन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका ९ का २० वर्षीय आकाशकुमार खत्वेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । खत्वे जबरजस्ती करणी म...

#प्रतिवादी #फरार
Compare →
Onlinekhabar
1w ago
नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन …

#कार्यान्वयन #असोज
Compare →
Nagarik News
7h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#पर्सा
Compare →

Related Stories

National (Nepal)
Build #2611