Trending
Prev Story
Next Story

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, गण्डकी । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो । मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले …

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

१४ कात्तिक, गण्डकी । प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । दसैँलगत्तै यहाँका विभिन्न गन्तव्यमा पर्यटक बढेकामा शुक्रबारदेखि भएको वर्षा र हिमपातले चहलपहल घटेको हो ।

मुख्य पर्यटकीय याम चलिरहेका बेला मौसमले चुनौती थपेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । ‘यो पदयात्राका लाग उत्तम याम हो, तर यही बेला मौसम प्रतिकूल हुँदा पर्यटनमा असर पुगेको छ’, उनले भने, ‘कतिपय पर्यटकले मौसमकै कारण यात्रा रद्ध गरेका छन् ।’

जोखिमको अवस्था मूल्याङ्कन गरेर निश्चित क्षेत्रमा मात्र पदयात्रामा रोक लगाउनुपर्ने आचार्यको भनाइ छ । वर्षा हुँदासाथ सबै ठाउँमा एकसाथ पदयात्राका गतिविधि रोकिँदा नेपालका पदमार्गहरू असुरक्षित छन् भन्ने सन्देश जाने उनले बताए ।

‘सम्भावित जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासनलगायत सम्बद्ध निकायले केही दिनअघि पदयात्रामा नजान पर्यटकलाई सार्वजनिक रूपमा सूचित गरेका थिए । खुलेको मौसममा हिमाल र डाँडाकाँडा हेर्दै पदयात्रा गर्ने समयमा पर्यटकका लागि वर्षा बाधक बनेको छ । शरद्याममा पनि अहिले आकाश धुम्म छ । झरी परिरहेको छ । हिमाल र पाखापखेरु बादलले ढाकिएका छन्,’ उनले भने ।

यो याममा स्वच्छ र शान्त वातावरणमा हिमाली र पहाडी भेगको सौन्दर्य नियाल्न आन्तरिक तथा बाह्य पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रलगायत विभिन्न गन्तव्यको भ्रमणमा जाने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रवीन कडरियाले मुख्य पर्यटकीय याममै मौसम बिग्रँदा पर्यटक आवागमन प्रभावित भएको बताए । ‘मौसमका कारण केही दिनयता अन्नपूर्ण क्षेत्रमा पर्यटकीय गतिविधि सुस्त भएका छन्,’ उनले भने, ‘मौसम खुल्नासाथ पर्यटकीय चहलपहल पुन: बढ्छ ।’

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्र देशविदेशका पदयात्री पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिन्छ । सडक मार्ग हुँदै पनि यस क्षेत्रका विभिन्न गन्तव्यमा पुग्न सकिन्छ ।

गत असोजमा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन् । यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ ।

मौसम प्रतिकूल हुँदा पोखरामा हुने प्याराग्लाइडिङ, हट एयर बेलुन, अल्ट्रालाइट, स्काइडाइभिङजस्ता साहसिक खेल गतिविधि पनि प्रभावित बनेका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाडौँ- अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ।बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो। अपरा...

#वर्षा #प्रभावित
Compare →
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #वर्षा
Compare →
Ekantipur
15h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा
Compare →
Nagarik News
1d ago
कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभाव कायमै, आंशिक बदली र हल्का वर्षाको सम्भावना

आइतबार भने नेपालको पश्चिमी आधा भागका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ।

#वर्षा
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा
Compare →

Related Stories

Technology
Build #2612