Trending
Prev Story
Next Story

इटलीमा ४० भन्दा बढी शहरमा आन्दोलन

Ekantipur •
October 31, 2026 • 07:01 AM
1
1 reads 0 reactions

मिलानमा प्रदर्शनकारीहरूले सहरको रिङरोड हुँदै पोलिटेक्निक विश्वविद्यालय अगाडि पुगेर प्रदर्शन टुङ्ग्याएका छन् । उनीहरूले आगो बालेर विरोध जनाएका थिए

इटलीमा ४० भन्दा बढी शहरमा आन्दोलन

मिलानमा प्रदर्शनकारीहरूले सहरको रिङरोड हुँदै पोलिटेक्निक विश्वविद्यालय अगाडि पुगेर प्रदर्शन टुङ्ग्याएका छन् । उनीहरूले आगो बालेर विरोध जनाएका थिए

रोम — महँगी नियन्त्रण र ज्याला वृद्धिको माग गर्दै इटालीमा शुक्रबार दसौँ हजार विद्यार्थी तथा मजदुरहरूले सडकमा प्रदर्शन गरेका छन् । उनीहरुले बढ्दो सैनिक खर्च कटौती गर्नुपर्ने माग गरेका छन् ।

‘युनियन सिन्दाकाले दि बासे’  नामक स्थानीय ट्रेड युनियनको आह्वानमा भएको २४ घण्टे आम हडतालका कारण इटालीका ४० भन्दा बढी सहरहरूमा जनजीवन प्रभावित भएको छ । कतिपय स्थानमा प्रदर्शनका क्रममा विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ ।

टुरिनमा सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीले विद्यार्थी तथा वामपन्थी कार्यकर्ताहरूलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरेको छ । रोममा कोलोसियमनजिकै ठूलो र्‍याली निकालिएको छ । त्यहाँ प्रदर्शनकारीहरूले सडकमै पाल टाँगेर सप्ताहन्तभर बस्ने घोषणा गरेका छन् ।

केही स्थानमा फोहोरका डब्बा सडकमा राखेर आगजनीसमेत गरिएको छ । संसद् भवनतर्फ अगाडि बढ्न खोज्ने भिडलाई रोक्न प्रहरीले वाटर क्यानन प्रयोग गरेको छ भने प्रहरी ब्यारिकेट तोड्ने प्रयास गर्ने ८ जनालाई नियन्त्रणमा लिइएको छ ।

मिलानमा प्रदर्शनकारीहरूले सहरको रिङरोड हुँदै पोलिटेक्निक विश्वविद्यालय अगाडि पुगेर प्रदर्शन टुङ्ग्याएका छन् । उनीहरूले आगो बालेर विरोध जनाएका थिए ।

जेनेभामा बन्दरगाह प्रयोग गरेर हतियार ढुवानी गर्ने कार्यको विरोध गर्दै करिब १५ हजार मजदुर, विद्यार्थी र अन्य नागरिकहरू जेनेभा बन्दरगाहभित्र प्रवेश गरेका छन् । फ्रान्स, स्पेन, बेल्जियम र अल्बानिया लगायतका युरोपेली देशहरूमा पनि बढ्दो महँगी र अन्य असन्तुष्टिहरूलाई लिएर यस्तै किसिमका जनआन्दोलनहरू तीव्र रूपमा भइरहेका छन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2612