Trending
Prev Story
Next Story

खराब मौसमले पोखरा, भरतपुर र लुक्ला विमानस्थल बन्द

Ekantipur •
October 31, 2026 • 05:31 AM
1
1 reads 0 reactions

काठमाडौंको मौसममा पटक–पटक बदली हुनुका साथै पोखरा, भरतपुर र लुक्लालगायतका गन्तव्यमा वर्षा तथा मार्गमा खराब मौसम भएपछि उडान सञ्चालनमा कठिनाइ भएको हो।

खराब मौसमले पोखरा, भरतपुर र लुक्ला विमानस्थल बन्द

काठमाडौंको मौसममा पटक–पटक बदली हुनुका साथै पोखरा, भरतपुर र लुक्लालगायतका गन्तव्यमा वर्षा तथा मार्गमा खराब मौसम भएपछि उडान सञ्चालनमा कठिनाइ भएको हो।

काठमाडौँ — प्रतिकूल मौसमका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन्।

काठमाडौंको मौसममा पटक–पटक बदली हुनुका साथै पोखरा, भरतपुर र लुक्लालगायतका गन्तव्यमा वर्षा तथा मार्गमा खराब मौसम भएपछि उडान सञ्चालनमा कठिनाइ भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीका अनुसार काठमाडौंको मौसम पनि खुल्ने र बिग्रने क्रम जारी छ।

गन्तव्य र उडान मार्गमा वर्षा तथा प्रतिकूल मौसमका कारण केही आन्तरिक उडान प्रभावित भएका छन्।

शनिबार बिहान ८ बजेर ३४ मिनेटमा काठमाडौं विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर मापन गरिएको थियो।

प्रतिकूल मौसमका कारण विमानस्थलमा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) लागू गरिएको छ। आज काठमाडौं विमानस्थलबाट हुने कुल एकतर्फी आन्तरिक उडानको संख्या करिब १५० रहेको छ।

तर, मौसमको अवस्थाले उडान तालिकामा प्रभाव पारिरहेको विमानस्थलका अधिकारीले बताए। खराब मौसमका कारण लुक्ला विमानस्थलमा आज पनि उडान हुन सकेको छैन।

शुक्रबार पनि उडान मार्गमा प्रतिकूल मौसम भएपछि लुक्लाका उडान प्रभावित भएका थिए। यद्यपि, अन्तर्राष्ट्रिय उडानतर्फ भने मौसमका कारण कुनै पनि उडान रद्द वा डाइभर्ट गर्नुपरेको छैन। अन्तर्राष्ट्रिय उडानहरू नियमित सञ्चालन भइरहेका छन्।

विमानस्थलका अनुसार आन्तरिक उडानमा मौसमको अवस्था हेरेर उडान सञ्चालन भइरहेको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
6h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →

Related Stories

World News
Build #2611