Trending
Prev Story
Next Story

को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ …

को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?

मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ?

पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ ।

केही दिनअघि काठमाडौंमा भएको यस्तै घटनाको सीसीटीभी फुटेज अहिले सर्वत्र फैलिएको छ । एउटा अबोध र निर्दोष कुकुरमाथि गरिएको उक्त कृत्यको सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

सीसीटीभी फुटेजमा एक व्यक्ति देखिन्छन् । उक्त व्यक्तिले हेल्मेट लगाएका छन् । पछिल्तिर ब्याग भिरेका छन् । ती व्यक्तिको हातमा एउटा रड देखिन्छ । उनी रड बोकेर सुस्तरी अगाडि बढ्छन् । केही पर कालो–खैरो रङको सडक कुकुर सुस्ताइरहेको देखिन्छ ।

उक्त व्यक्तिले सोही कुकुरलाई पछाडिबाट रडले प्रहार गर्छन् । हेर्नसमेत नसकिने उक्त भिडियोमा कुकुर छटपटाउँदै उत्तानो परेको देखिन्छ ।

यो घटना काठमाडौंको सातुंगलमा भएको बताइन्छ । त्यहाँस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालनजिकै सडकमा आराम गरिरहेको उक्त कुकुरलाई उनले अन्धाधुन्ध रड प्रहार गरी मरणासन्न अवस्थामा पुर्‍याएको देखिन्छ । त्यसपछि पनि ती व्यक्तिले कुकुरलाई रडले घोचेको देखिन्छ ।

उक्त व्यक्ति को हुन् ? उनले निर्दोष कुकुरमाथि किन आक्रमण गरे ? यसबारे पशु अधिकारकर्मीहरूले सोधीखोजी गरिरहेको बताएका छन् । कुकुरलाई त्यसरी मरणासन्न हुने गरी कुटपिट गर्ने व्यक्तिको पहिचान गरी कारबाही गराउन पहल भइरहेको उनीहरूको भनाइ छ ।

पशु संरक्षणकै क्षेत्रमा काम गरिरहेको टीएफसी नेपालले भिडियोमा देखिएका व्यक्तिको पहिचान गर्न सर्वसाधारणसँग सहयोग मागेको छ । संस्थाले लेखेको छ, ‘पशुमाथि हुने क्रूरता गम्भीर चिन्ताको विषय हो । यस्ता घटनाले निरीह तथा असहाय पशुको सुरक्षा र संरक्षणका लागि आवाज उठाउनुका साथै पशुमाथि हुने दुर्व्यवहार देखेमा सम्बन्धित निकायमा जानकारी गराउन आवश्यक छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Setopati
5d ago
अन्तरिक्ष यात्राका नाममा कुकुरमाथि गरिएको क्रूर परीक्षण

अन्तरिक्ष यात्राका नाममा कुकुरमाथि गरिएको क्रूर परीक्षण

मानिस अन्तरिक्षमा पुग्नुभन्दा चार वर्षअघि सोभियत संघले लाइका नामको कुकुरलाई पृथ्वीको कक्षमा पठायो। संसारले यसलाई विज्ञानको ऐतिहासिक विजय मान्यो। तर त्यो यात्राको एउटा क्रूर सत्य थियो—लाइका जीवित फर्किने सम्भावना थिएन।

#क्रूर #कुकुरमाथि
Compare →

Related Stories

National (Nepal)
Build #2611