Trending
Prev Story
Next Story

हिमपातका बेला भुलेर पनि नगर्नुस् यी गल्ती, जोखिमबाट बच्न अपनाउनुस् सावधानी

Nagarik News •
October 31, 2026 • 02:57 AM
1
1 reads 0 reactions

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।

1 / 2
Swipe Photos

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ।

हिमपातका कारण अत्यधिक चिसो हुनुका साथै स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले केही गल्ती नगर्न प्राधिकरणले सचेत गराएको हो।

प्राधिकरणका अनुसार हिमपातका बेला चिसो वा भिजेको कपडा लगाउनु हुँदैन। यस्ता कपडाले शरीरको तापक्रम छिटो घटाउन सक्छन्। त्यसैले शरीरका सबै भाग ढाक्ने गरी बाक्लो र न्यानो लुगा लगाउनुपर्छ। सुत्दा न्यानो सिरक तथा कम्मल प्रयोग गर्नुका साथै छाती र टाउको अनिवार्य रूपमा ढाक्नुपर्छ।

त्यस्तै, हिउँ वा बरफ खानु हुँदैन। पानी जमेको अवस्थामा बरफ तताएर पानी बनाएर मात्र पिउनुपर्छ। बेलाबेलामा तातो पानी तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा पिउन पनि प्राधिकरणले सुझाव दिएको छ।

कोठा न्यानो बनाउन आगो वा हिटर बाल्दा सबै झ्यालढोका बन्द गर्नु अर्को जोखिमपूर्ण गल्ती हुन सक्छ। त्यसैले कोठामा हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्ने प्राधिकरणले जनाएको छ।

हिमपात भइरहेका बेला अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न पनि आग्रह गरिएको छ। हिउँ वा तुसारो जमेको सडकमा सवारी चलाउँदा चिप्लिएर दुर्घटना हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने प्राधिकरणले जनाएको छ। पदयात्री तथा पर्वतारोहीले पनि पर्याप्त सुरक्षा प्रबन्ध गरेर मात्र यात्रा गर्नुपर्नेछ।

चिसोका कारण स्वास्थ्य समस्या देखिन सक्ने भएकाले बालबालिका, गर्भवती, सुत्केरी तथा ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न प्राधिकरणले आग्रह गरेको छ। दुधे बालबालिकालाई नियमित स्तनपान गराउन पनि सुझाव दिइएको छ।

ज्वरो आउने, झाडापखाला लाग्ने, दम बढ्ने, खोकी लाग्ने, घ्यारघ्यार हुने वा सास फेर्न कठिनाइ भएमा तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले हिमपात र अत्यधिक चिसोबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सबैलाई सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८३ ०८:४२ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

बर्ड फ्लुको जोखिम बढेपछि बेलायतमा कुखुरा घरभित्रै राख्न आदेश

लन्डन । जङ्गली चराहरूको बसाइँसराइसँगै एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फैलिने जोखिम बढेपछि बेलायत सरकारले इङ्गल्यान्डका ठूला कुखुरापालन फार्म तथा पक्षीपालकलाई आफ्ना चराहरू घरभित्रै राख्न बुधबार आदेश ...

#जोखिम #बेला
Compare →
Arthasansar
3d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात
Compare →
Bizshala
4d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात
Compare →
Onlinekhabar
4d ago
हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

२३ कात्तिक, सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ। गत असोज ९ देखि १२ गतेसम्म परेको …

#हिमपात
Compare →
Ekantipur
2d ago
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

हिमाली क्षेत्रका जोखिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गरिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी जलवायु संकट नियन्त्रणका प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन् ।

#जोखिम
Compare →

Related Stories

Sports
Build #2611