Trending
Prev Story
Next Story

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई …

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार ९ कात्तिकको राति उनीहरुले टीकापुर नगरपालिका–६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । राजधानीका विभिन्न स्थानमा डलर देखाइ लुटपाट गर्ने...

#प्रहार #गरी #लुटपाट
Compare →

Related Stories

National (Nepal)
Build #2612