Trending
Prev Story
Next Story

सानोमा सडकमा बाँसका टोकरी बेच्थिन् चिनियाँ अर्बपति झोउ कुन्फेई

Ekantipur •
October 31, 2026 • 02:01 AM
1
1 reads 0 reactions

काम गरेर बचत गरेको झन्डै २ हजार ५ सय अमेरिकी डलरबाट झोउले सन् १९९३ मा सेन्जेनको तीनकोठे अपार्टमेन्टमा सानो वर्कसप सुरु गरिन् र परिवारका सदस्यको सहयोगमा घडीमा प्रयोग हुने सिसा तथा अन्य पार्टपुर्जा उत्पादन थालिन्

सानोमा सडकमा बाँसका टोकरी बेच्थिन् चिनियाँ अर्बपति झोउ कुन्फेई

काम गरेर बचत गरेको झन्डै २ हजार ५ सय अमेरिकी डलरबाट झोउले सन् १९९३ मा सेन्जेनको तीनकोठे अपार्टमेन्टमा सानो वर्कसप सुरु गरिन् र परिवारका सदस्यको सहयोगमा घडीमा प्रयोग हुने सिसा तथा अन्य पार्टपुर्जा उत्पादन थालिन्

काठमाडौँ — विश्वका धनी महिलाहरूको सूचीमा छिन्– चीनकी झोउ कुन्फेई । ३० सेप्टेम्बर २०२६ को फोर्ब्सको रियल टाइम अनुमानअनुसार उनको कुल सम्पत्ति करिब १६ अर्ब ५० करोड अमेरिकी डलर छ । तर सेयर बजारमा हुने उतारचढावका कारण उनको सम्पत्ति निरन्तर घटबढ भइरहन्छ । यतिका सम्पत्ति उनले पारिवारिक विरासतमा पाएकी होइनन् । उनले त गरिबीबाट उठेर आफ्नै साम्राज्य खडा गरेकी हुन् ।

झोउले स्थापना गरेको लेन्स टेक्नोलोजीले आज विश्वका चर्चित मोबाइल तथा प्रविधि कम्पनीका लागि कभर ग्लास र अन्य विद्युतीय उपकरणका पार्टपुर्जा निर्माण गर्छ । यसका प्रमुख ग्राहकमा एप्पल, सामसङ, हुवावे, साओमी, ओप्पोलगायत कम्पनी पर्छन् । यसबाहेक ल्यापटप, स्मार्ट घडी, विद्युतीय सवारी, स्मार्ट कारका ककपिट पार्टपुर्जा र रोबोटिक्सका लागि पनि कम्पनीले उन्नत गुणस्तरका सामग्री उत्पादन गर्दै आएको छ ।

अहिले विश्वका ठूला कम्पनीहरूसँग करोडौं डलरका सम्झौता गर्ने झोउ बाल्यकालमा भने अभाव र संघर्षमा हुर्किएकी थिइन् । सन् १९७० मा हुनान प्रान्तको स्याङस्याङनजिकै जन्मिएकी झोउको बाल्यकाल अत्यन्तै कष्टकर थियो । उनी जन्मिनुअघि नै उनका बाबु कारखाना दुर्घटनामा परेका थिए । जसकारण बाबुको दृष्टि गुमिसकेको थियो । र, एउटा हातको औंला पनि यस दुर्घटनामा भाँचिएको थियो ।

झोउ पाँच वर्षकी छँदा उनकी आमाको निधन भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले झोउले सानै उमेरदेखि घरपरिवारलाई सहयोग गर्नुपरेको थियो । बाल्यकालमा आम्दानीका लागि उनको परिवारले हाँस र सुँगुर पालेको थियो । उनी आफ्ना दृष्टिविहीन बुबालाई सडकमा बाँसको टोकरी बेच्न सहयोग गर्थिन् ।

फर्स्ट जेनेरेसनको आइफोनका लागि कभर ग्लास तथा कााचका बाहिरी प्यानल उत्पादन गर्ने ठेक्का पायो, एप्पलको कडा मापदण्डअनुसार गुणस्तरीय सिसा उत्पादन गरेपछि लेन्स टेक्नोलोजीले विश्व बजारमा आफ्नो स्थान अझ बलियो बनायो करिब १६ वर्षको उमेरमा झोउ सेन्जेन पुगिन् । त्यहाँ घडीको सिसा बनाउने कारखानामा ज्यालादारी मजदुरका रूपमा काम गर्न थालिन् । तर उनीभित्र अध्ययनको भोक तीव्र थियो । साँझको समयमा अरू कामदार आराम गरिरहँदा झोउ भने रात्रि कक्षामा पढिरहेकी हुन्थिन् । उनले लेखा, कम्प्युटर सञ्चालनलगायत विषय सिकिन् । यस क्रममा उनले स्क्रिन प्रिन्टिङसम्बन्धी सीप पनि हासिल गरिन् ।

झोउले काम गर्ने कारखाना आर्थिक समस्यामा परेपछि उनले व्यवस्थापनसम्बन्धी जिम्मेवारी पनि सम्हालिन् । आफ्नो मिहिनेत र नेतृत्व क्षमताका कारण उनले कारखानालाई नाफामा लैजान महत्त्वपूर्ण भूमिका खेलिन् । कम उमेरमै व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु उनको नेतृत्व क्षमताको प्रारम्भिक प्रमाण थियो ।

काम गरेर बचत गरेको झन्डै २ हजार ५ सय अमेरिकी डलरबाट झोउले सन् १९९३ मा सेन्जेनको तीनकोठे अपार्टमेन्टमा सानो वर्कसप सुरु गरिन् । र, परिवारका सदस्यको सहयोगमा घडीमा प्रयोग हुने सिसा तथा अन्य पार्टपुर्जा उत्पादन थालेकी थिइन् ।

सन् २००० को दशकको सुरुवातमा मोबाइल फोनको माग बढ्न थालेसँगै झोउले आफ्नो व्यवसायलाई मोबाइल फोनका लागि आवश्यक कभर ग्लास उत्पादनतर्फ मोडिन् । सन् २००३ मा मोटोरोला कम्पनीसँगको सम्झौता उनका लागि निर्णायक मोड बन्यो । त्यसपछि नोकिया, सामसङ र अन्य ठूला मोबाइल कम्पनीले पनि उनको कम्पनीलाई अर्डर दिन थाले ।

सन् २००७ देखि झोउको लेन्स टेक्नोलोजी एप्पलको आपूर्ति शृंखलामा जोडियो । कम्पनीले फर्स्ट जेनेरेसनको आइफोनका लागि कभर ग्लास तथा काँचका बाहिरी प्यानल उत्पादन गर्ने ठेक्का पायो । एप्पलको कडा मापदण्डअनुसार गुणस्तरीय सिसा उत्पादन गरेपछि लेन्स टेक्नोलोजीले विश्व बजारमा आफ्नो स्थान अझ बलियो बनायो ।

सन् २०१५ मा लेन्स टेक्नोलोजी सेन्जेन स्टक एक्सचेन्जको चिनेक्स्ट बजारमा सूचीकृत भयो । त्यसपछि कम्पनीले आफ्नो उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजार थप विस्तार गर्‍यो । एप्पलप्रतिको अत्यधिक निर्भरताले जोखिम निम्त्याउन सक्ने विषयलाई ध्यानमा राख्दै झोउले हुवावे, सामसङ, साओमी र ओप्पोजस्ता अन्य ब्रान्डहरूसँग पनि सहकार्य बढाइन् ।

सफलताको शिखरमा पुग्नुअघि झोउको जीवनमा एउटा गम्भीर आर्थिक संकट पनि आएको थियो । उनका अनुसार एक ईर्ष्यालु प्रतिस्पर्धीले कच्चा पदार्थ आपूर्तिकर्तासँग मिलेर उनको व्यवसायलाई कमजोर बनाउने प्रयास गरेका थिए । कम्पनी कमजोर अवस्थामा रहेका बेला आपूर्तिकर्ताले सम्पूर्ण भुक्तानी अग्रिम मागेपछि संकट गहिरिएको थियो ।

झोउले आफ्नो घर र भएका अन्य सरसामान बेच्दा पनि समस्या समाधान भएन । उनका अनुसार त्यस समयमा उनीभित्र आत्महत्याको सोचसमेत आएको थियो । अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘म हङकङको हङ होम स्टेसनको प्लाटफर्ममा उभिएर झन्डै हाम फाल्नै लागेकी थिएँ । मेरो दिमाग शून्य भइसकेको थियो । मलाई लागिरहेको थियो, मसँगै मेरा सबै समस्या पनि सधैंका लागि समाप्त हुनेछन् ।’

त्यही बेला झोउकी छोरीको फोन कलले उनलाई त्यो भयानक निर्णयबाट पछाडि फर्कायो । परिवार र आफूमा आश्रित कर्मचारीको भविष्य सम्झेर फेरि संघर्ष गर्ने निर्णय गरेको उनले बताएकी छन् ।

अन्तिम प्रयासस्वरूप झोउले मोटोरोला कम्पनीलाई आफ्नो संकटबारे जानकारी दिँदै आपत्कालीन इमेल पठाएकी थिइन् । मोटोरोलाले सहयोगको हात बढाएपछि उनको कम्पनी तत्कालको संकटबाट जोगियो । यो घटना उनको जीवनको सबैभन्दा पीडादायी अनुभवमध्ये एक भए पनि यही संकट पार गरेपछि उनी अझ बलियो उद्यमीका रूपमा अगाडि बढिन् ।

झोउको लेन्स टेक्नोलोजी स्मार्टफोनका लागि कभर ग्लास उत्पादनमा मात्र सीमित रहेन । उनको नेतृत्वमा कम्पनीले अटोमोटिभ इलेक्ट्रोनिक्स, स्मार्ट कारका ककपिट पार्टपुर्जा, एआई प्रविधि र ह्युमनोइड रोबोटिक्समा पनि विस्तार गरेको छ । कम्पनीले बीवाईडी, मर्सिडिज, टेस्ला, बीएमडब्लूलगायत ३० भन्दा बढी अटो ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

झोउ कुन्फेईको यात्रा घडीको सिसा बनाउने कारखानाकी मजदुरदेखि विश्वका ठूला प्रविधि कम्पनीहरूलाई सामग्री आपूर्ति गर्ने अर्बपति उद्यमीसम्मको यात्रा हो । उनको कथा कठिन परिस्थितिमा पनि अवसर पहिचान गर्ने, निरन्तर सिकिरहने र असफलतासँग नडराई अघि बढ्ने प्रेरणादायी उदाहरण हो ।

अन्वेषण अन्वेषण अधिकारी कान्तिपुर मिडिया ग्रुपमा आबद्ध छन् । उनी राष्ट्रिय राजनीति, भू-राजनीति, जलवायु परिवर्तन तथा समसामयिक सामाजिक मुद्दाहरुमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
18h ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#अमेरिकी #डलर
Compare →
Hamro Patro News
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरि...

#अमेरिकी #डलर
Compare →
Nagarik News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको लक्ष्यभन्दा ठूलो रकम संकलन गर्न लागेको हो।

#अमेरिकी #डलर
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#अमेरिकी #डलर
Compare →

Related Stories

World News
Build #2612