Trending
Prev Story
Next Story

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

Ekantipur •
October 19, 2026 • 02:05 PM
1
1 reads 0 reactions

मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ ।

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ ।

पर्सा — वीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट आइतबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको मोतिहारी, मिश्र कोलोनी डंकन रोड–७ निवासी २८ वर्षीय रितेश कुमारको साथबाट ५ ग्राम ६९ मिलिग्राम ब्राउनसुगर फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राईपोर्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
17h ago
नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो ३ मिनेट अघि काठमाडौं : पशुपतिनाथ मन्दिरको दर्शन र घुमघामका लागि भारतबाट नेपाल आएका भारतीय मोटो भ्लगर सोनु मालीको चोरी भएको म...

#मोटरसाइकल #भारतीय
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#वीरगन्ज
Compare →

Related Stories

World News
Build #2611