Trending
Prev Story
Next Story

बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले …

बन्द भएका सरकारी वेबसाइट चलाउन सरकार के गरिरहेछ ?

५ कात्तिक, काठमाडौं । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको यस केन्द्रले सम्भावित साइबर क्षति हुन नदिन सावधानीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारेको छ।

केन्द्रले बिहीबार जारी गरेको जरुरी सुरक्षा सूचनाअनुसार ‘पीएचपीटुशेल’ नामक गम्भीर सुरक्षा जोखिमका कारण प्रणालीहरू प्रभावित भएका हुन्। सीभीएसएस ९.२ रेटिङ दिइएका ‘CVE-2026-109618’ र ‘CVE-2026-109619’ नामक त्रुटिहरूका कारण यो क्रिटिकल जोखिम उत्पन्न भएको एसडीओसीले जनाएको छ।

यसले आक्रमणकारीलाई ‘रिमोट कोड एक्जिक्युसन’ अर्थात् सर्भरमा सीधै अनाधिकृत कोड चलाउन सक्ने पहुँच दिने बताइएको छ।

दशैंको बिदामा समेत एसडीओसी र सम्बद्ध प्राविधिक टोलीहरू जोखिम नियन्त्रण गर्न निरन्तर खटिरहेको केन्द्रले जनाएको छ। ‘सुरक्षा प्याच’ अपडेट, परीक्षण र प्रमाणीकरणको काम सम्पन्न भएपछि बन्द गरिएका प्रणालीहरूलाई चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याइने योजना रहेको सूचनामा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1d ago
इरानको धम्की र सुरक्षा जोखिम बढेपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य अखडामा सरे

इरानको धम्की र सुरक्षा जोखिम बढेपछि अमेरिकी अर्थमन्त्री बेसेन्ट सैन्य अखडामा सरे

एजेन्सी । अमेरिका र इरानबीचको तनावपूर्ण द्वन्द्वका बीच इरानबाट ज्यान मार्ने धम्की र सुरक्षा जोखिम उच्च भएपछि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट आफ्नो निजी निवास छोडेर सैन्य अखडामा सरेका छन् । द न्...

#सुरक्षा #जोखिम
Compare →

Related Stories

National (Nepal)
Build #2612