Trending
Prev Story
Next Story

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

Ekantipur •
October 18, 2026 • 02:02 PM
1
1 reads 0 reactions

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो

युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो

पेरिस — युरोपभर दैनिक उपभोग्य वस्तु र सेवाको बढ्दो महँगीविरुद्ध आक्रोशित हजारौँ नागरिकहरू सडकमा उत्रिएका छन्। फ्रान्समा गत सेप्टेम्बरमा विद्यार्थीहरुले थालेको आन्दोलनमा शनिबारसम्म आइपुग्दा धेरै समूहहरु मिसिएका थिए ।

जसकारण, शनिबार ठूलो आगजनी, तोडफोड र हिंसाका घटना भए । तर, शनिबार विरोध प्रदर्शन फ्रान्समै मात्र सिमित थिएन । बेल्जियम, इटाली र पोर्चुगलमा पनि शनिबार बेग्‍ला-बेग्लै रुपमा प्रदर्शन आयोजना भएका छन् ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार फ्रान्सभरका प्रदर्शनमा ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए । ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच कडा झडप भएको थियो।

विद्यार्थीहरूको साताव्यापी प्रदर्शनपछि सुरु भएका यी मार्चहरूले उग्र रूप लिँदै तोडफोड, लुटपाट र आगजनीमा परिणत भएका छन्। हिंस्रक समूहहरूले सरकारी भवन, विलासी बुटिक, सुपरमार्केटहरूमाथि आक्रमण गर्नुका साथै प्रहरीका गाडी र अधिकारीहरूलाई समेत निशाना बनाएका थिए।

इटलीको मिलानमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले मिलानस्थित सिटी सेन्टरमा आगजनी गरेका छन् । त्यस्तै विभिन्‍न स्टोरहरुमा लुटपाट गरेका छन् ।

महँगी र युद्धको विरोधमा स्वतस्फूर्त रुपमा आन्दोलन शान्तिपूर्ण रुपमा सुरु भएको थियो । तर, मास्क लगाएका आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने तथा आगजनी गर्ने काम गरेपछि आन्दोलन नियन्‍त्रणमा लिन बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

भीडलाई नियन्‍त्रणमा लिन प्रहरीले टियर ग्याँस र पानीको फोका प्रयोग गरेको थियो ।  यसक्रममा कम्तीमा दुई प्रहरी घाइते भएको  र ५० प्रदर्शनकारी पक्राउ परेको इटलीको समाचार एजेन्सी ला प्रेसेले जनाएको छ ।

उता, बेल्जियमको राजधानी ब्रसेल्समा पनि विश्वविद्यालयको भर्ना शुल्कविरुद्ध केही सातायता विद्यार्थीहरु आन्दोलित थिए ।

त्यसक्रममा  प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। शुक्रबार विद्यार्थीहरुको प्रदर्शनमा अन्य असन्तुष्ट समुहहरु पनि मिसिदाँ प्रहरीलाई अवस्था नियन्त्रणमा लिन कठिन भयो ।

प्रदर्शनकारीहरूले आफूहरूमाथि ढुंगामुढा प्रहार गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।

पोर्चुगलमा पनि बढ्दो महँगी र आवासको संकटप्रति दशौं हजारले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी लिस्बनमा भेला भएर प्रदर्शन गरेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …

#फ्रान्स #प्रदर्शन #युरोपभर
Compare →
Hamro Patro News
3d ago
के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?

के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?

युरोपेली संघ (ईयू) को आन्तरिक प्रतिवेदनले फ्रान्समा गत महिना भएको हिंसात्मक प्रदर्शनलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्न रुससँग जोडिएको एउटा गोप्य सञ्जालले भ्रामक सूचना फैलाएको उल्लेख गरेक...

#फ्रान्स #प्रदर्शन
Compare →
Nagarik News
14h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#प्रदर्शन
Compare →
Bizshala
2d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#फ्रान्स
Compare →

Related Stories

World News
Build #2612