मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ।
अर्घाखाँची — मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका–२, ढाकावाङमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिवस जिसीले बताए।
मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।