Trending
Prev Story
Next Story

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ । एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति …

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति

१३ कात्तिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ ।

एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरलाई नियन्त्रणमा लिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधि प्रक्रिया तथा व्यक्तिको मौलिक हक सम्मान हुनुपर्ने एसोसिएसनको भनाइ छ । स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्णपालना गरेर मात्रै गिरफ्तारी तथा नियन्त्रणमा लिने प्रक्रिया अघि बढाउनुपर्ने उसको धारणा छ ।

आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि प्रश्न उठाउने भन्दै एसोसिएसनले यसप्रति गम्भीर असहमति व्यक्त गरेको छ ।

एसोसिएसनले सम्बन्धित निकायसँग दुवै इन्जिनियरलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै, उनीहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न तथा कानुन बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला विभागका महानिर्देशक र आयोजनाका निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला

दाङको सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय चौधरीको शव फेला

घोराही (दाङ) – दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमास्थित सिँचाइ बाँधमा डुबेर बेपत्ता भएका २३ वर्षीय अनुप चौधरीको शव फेला परेको छ। स्थानीय बेलघार निवासी चौधरीको शव सशस्त्र प्रहरी बलको विशेष टोलील...

#सिँचाइ
Compare →
Ekantipur
19h ago
सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

सिँचाइ ड्याममा डुबेर दाङमा एक युवा बेपत्ता

घोराहीको अर्घुस्थित सिँचाइ ड्याममा डुबेर २३ वर्षीय अनुप चौधरी बेपत्ता भएका हुन्, उनको खोजी भइरहेको छ ।

#सिँचाइ
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#सिँचाइ
Compare →

Related Stories

World News
Build #2612