Trending
Prev Story
Next Story

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा दिनेश थकाली

Bizshala •
October 30, 2026 • 11:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको नेतृत्वमा दिनेश थकाली

काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डीबीएएन) को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली सर्वसम्मत चयन भएका छन्।

एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं रहेका छन्।

नवनिर्वाचित अध्यक्ष थकाली चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनमा उनको अनुभव रहेको छ।

अध्यक्षको पदभार ग्रहण गर्दै थकालीले विकास बैंक क्षेत्रका समसामयिक मुद्दामा एसोसिएसनलाई प्रभावकारी रूपमा अघि बढाउने बताए।

उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग, मानव संसाधनको क्षमता विकास, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर सुधार र खराब कर्जा असुलीमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

सदस्य बैंकहरूबीच उत्कृष्ट अभ्यास आदानप्रदान गर्दै विकास बैंकहरूको संस्थागत क्षमता थप बलियो बनाउने उनको भनाइ छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसँगै वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।

हाल नेपालमा १७ विकास बैंक सञ्चालनमा छन्। तीमध्ये ८ राष्ट्रियस्तरका र ९ क्षेत्रीयस्तरका छन्।

उपलब्ध तथ्यांकअनुसार विकास बैंकहरूले १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#कार्यकारी #अधिकृत
Compare →
Onlinekhabar
1d ago
विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

विवादमा परेका एनभिडिया प्रमुखलाई मस्कको जागिर प्रस्ताव

२६ कात्तिक, काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङलाई आफ्नो कम्पनीमा कामका लागि प्रस्ताव गरेका छन् । मस्कले सामाजिक सञ्जाल एक्समार्फत एनभिडियाका प्रमुख कार्यकारी अधिकृत हुआङलाई आफ्नो …

#कार्यकारी #अधिकृत
Compare →
Hamro Patro News
4d ago
भक्तपुरको विकास बजेट र नेतृत्व क्षमतामाथि महेश बस्नेतको प्रश्न, सांसद खत्रीको आलोचना

भक्तपुरको विकास बजेट र नेतृत्व क्षमतामाथि महेश बस्नेतको प्रश्न, सांसद खत्रीको आलोचना

काठमाडौँ- एमाले सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र वर्तमान जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीको आलोचना गरेका छन्।

#विकास #नेतृत्व
Compare →

Related Stories

Business & Economy
Build #2611