रौतहट - बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको, हात, खुट्टा र आँखामा चोट लागेको छ। सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो करिब १२ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा नेपाल आयल निगमको डिपो नजिकै हेटौँडा–पथलैया सडकखण्डमा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )