काठमाडौँ । बिचौलिया इनम सापकोटाको राज्यका उच्च पदाधिकारीसँग कनेक्सनले सिङ्गो देशको शासनसत्ता नै हल्लाइदिएको छ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका सापकोटाको अन्य उच्च पदस्थहरूसँग समेत सम्पर्क देखिएको विषय सञ्चार माध्यममा छताछुल्ल भएपछि न्यायालय, प्रहरी प्रशासनदेखि राजनीतिक वृत्तसम्म तरङ्गित भएको छ ।
सापकोटासँगको ‘कनेक्सन’ पूर्वप्रधान न्यायधीश राणा हुँदै वर्तमान प्रधान न्यायाधीश डा. मनोज कुमार शर्मा, न्यायाधीश हरिप्रसाद फुयाल, तीन जना पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरू, पूर्वएआइजी एवं रास्वपा सांसद विश्वराज पोखरेलसहित उच्च पदस्थ अधिकारीसँग रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )