Trending
Prev Story
Next Story

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

Nagarik News •
October 30, 2026 • 08:56 AM
1
1 reads 0 reactions

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ।

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ।

लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा बाह्य पर्यटक तथा हवाई यात्रुलाई लक्षित गरी कम्पनीले सहज र सुरक्षित रुपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आइरहेको बताए।

उनले दैनिक झण्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको बताए । हाल उक्त कम्पनीले २०८ पर्यटकीय सवारी साधनमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएको छ।

नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्वपूर्ण योगदान रही आएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उनीहरुको नेपाल बसाइ थप सहज र सुखद बन्न सहयोग पुग्ने अध्यक्ष सिम्खडाले बताए।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर रुपमा काम गर्दै आएको उनको भनाइ छ।

पछिल्लो समय भने निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रुपमा भाडामा मान्छे बोक्दा व्यवसायी थप समस्यामा परेको उनको भनाइ  छ।

विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दाबढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ १४:४१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलभित्र पानी पस्यो, यात्रुलाई सास्ती

२५ कात्तिक, काठमाडौं । बुधबार दिउँसो एक्कासि परेको असिना सहित दर्के झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनभित्र पानी पसेको छ । टर्मिनल भवनभित्र पानी पसेर भुइँ जलमग्न भएपछि विभिन्न गन्तव्यका लागि उड्न तयार यात्रुहरू समस्यामा …

#विमानस्थल #यात्रुलाई
Compare →
Hamro Patro News
13h ago
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

#आन्तरिक #पर्यटक
Compare →
Ekantipur
15h ago
पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

पर्यटकले भरिभराउ लुक्ला, टिकट पाउनै मुस्किल

विमानस्थलमा बिहानैदेखि काठमाडौं जाने र काठमाडौं हुँदै लुक्ला आउने पर्यटकको भीड देखिन्छ। सीमित उडान र यात्रुको अत्यधिक चापका कारण पर्यटकहरू आफ्नो उडानको पालो कुरिरहेका छन्।

#विमानस्थल #पर्यटक
Compare →
Arthasansar
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

#विमानस्थल
Compare →

Related Stories

Technology
Build #2611