Trending
Prev Story
Next Story

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

Ekantipur •
October 30, 2026 • 07:01 AM
1
1 reads 0 reactions

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

काठमाडौँ — क्रिप्‍टोकरन्सी एक्सचेन्ज प्लाटफर्म ‘बाइनान्स’ मा अहिलेसम्मकै ठूलो ह्याकिङ आक्रमण भएको छ । सुरक्षा समस्याका कारण बाइनान्सबाट करिब ६.३ अर्ब डलर मूल्य बराबरको क्रिप्‍टो फण्ड चोरी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

इतिहासै ठूलो क्रिप्टो हाइस्ट (चोरी) भनिएको यो घटनापछि बाइनान्सले  करिब ३ अर्ब अमेरिकी डलर बराबरका क्रिप्टो सम्पत्ति रोक्का गरेको जनाएको छ । क्रिप्टो बजारमा खलबली मच्चाएको यो घटनापछि बिटक्वाइनको मूल्य ७६ हजार अमेरिकी डलरमा झरेको छ । इथरको मूल्य पनि दुई महिनायताकै न्यून विन्दुमा पुगेको छ । बाइनान्सको आफ्नै टोकन बीएनबीको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

बाइनान्सले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र चोरीबाट भएको सम्पूर्ण क्षति कम्पनीले बेहोर्ने जनाएको छ । रोयटर्स ले बाइनान्सको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार कम्पनीका एक डेभअप्स इन्जिनियरको ल्यापटपमा पहुँच बनाएर आक्रमणकारीले एउटा सर्भिस कन्टेनरमा प्रवेश पाएका थिए । त्यसपछि उनीहरूले अनधिकृत रूपमा रकम स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । यद्यपि, कम्पनीले वालेटका निजी साँचो (प्राइभेट की) चुहिएको प्रमाण फेला नपरेको बताएको छ । बाइनान्सले घटनाबाट करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्तिमा प्रभाव परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको बीबीसीले उल्लेख गरेको छ।

‘ह्याकिङबाट भएको सम्पूर्ण क्षति बाइनान्सले बेहोर्नेछ,’ कम्पनीकी सहसंस्थापक यी हेले भनेकी छन् । कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र क्षतिपूर्ति आफ्नै कोष तथा प्रयोगकर्ताका लागि छुट्याइएको सेक्योर एसेट फन्ड फर युजर्स (साफु) बाट उपलब्ध गराउने जनाएको छ । अनुसन्धानका क्रममा निक्षेप तथा रकम झिक्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ । चोरी भएको रकम पत्ता लगाउन कम्पनीले सुरक्षा निकाय तथा ब्लकचेन विश्लेषण संस्थाहरूसँग सहकार्य गरिरहेको जनाएको छ ।

क्रिप्टो क्षेत्रमा ठूलो रकम चोरी भएको यो पहिलो घटना भने होइन । सन् २०१८ जनवरीमा जापानी एक्सचेन्ज कोइनचेकबाट करिब ५३ करोड अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो । सन् २०२१ अगस्टमा पोलि नेटवर्कबाट ६१ करोड अमेरिकी डलर र सन् २०२२ मार्चमा रोनिन नेटवर्कबाट करिब ५४ करोड अमेरिकी डलर चोरी भएको थियो । सन् २०२५ फेब्रुअरीमा बाइबिट एक्सचेन्जबाट करिब डेढ अर्ब अमेरिकी डलर बराबरको क्रिप्टो चोरी भएको थियो। उक्त घटनामा उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको थियो ।

यो घटनापछि अन्य क्रिप्टो कम्पनीले पनि सतर्कता अपनाएका छन् । कतिपय कम्पनीले सेवा रोक्ने र एसेटहरू फ्रिज गर्नेसम्मका कदम चालेका छन् । भविष्यवाणी गरेबापत रकम जित्न सकिने प्लाटफर्म ‘पोलिमार्केट’ ले घटनापछि कारोबार र रकम झिक्ने सेवा अस्थायी रूपमा रोकेको थियो । यद्यपि, पछि उसले कारोबार पुनः सुरु गरेको जनाएको छ ।

दक्षिण कोरियाका क्रिप्टो एक्सचेन्ज अपबिट र बिथम्बसँगै टिथर, सर्कल, रिपलजस्ता कम्पनीले पनि सुरक्षात्मक कदम उठाउँदै आफ्ना ग्राहकलाई बाइनान्समा क्रिप्टो पठाउँदा सावधानी अपनाउन आग्रह गरेको रोयटर्सको समाचारमा उल्लेख छ । बाइनान्सले घटनाको विस्तृत प्राविधिक प्रतिवेदन अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
16h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी #क्रिप्टो #ह्याक
Compare →
Nagarik News
16h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#चोरी #क्रिप्टो #ह्याक
Compare →
Hamro Patro News
1d ago
गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगल कम्पनी अल्फाबेटले एआई पूर्वाधारमा ३.८ अर्ब डलर लगानी थप्ने

गुगलको मूल कम्पनी अल्फाबेटले हङकङ र सिंगापुरको मुद्रामा पहिलोपटक ऋणपत्र जारी गर्दै करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ। लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा तय गरेको ...

#डलर #करिब
Compare →
Arthasansar
4d ago
डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर
Compare →
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#डलर
Compare →

Related Stories

Technology
Build #2611