Trending
Prev Story
Next Story

सन नेपाल लाइफकाे सेयर स्वामित्व परिवर्तन गर्ने, संस्थापकको सेयर हिस्सा घट्ने

Arthasansar •
October 30, 2026 • 06:04 AM
1
1 reads 0 reactions

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ । कम्पनीले संस्थापकको...

1 / 2
Swipe Photos

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ । कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्‍याउन लागेको हो ।

कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको बैठकले सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ । यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वामित्व परिवर्तन गर्ने जनाएको छ । प्रस्तावित व्यवस्था लागू गर्न नियामक निकायको स्वीकृति पश्चात् आगामी वार्षिक साधारणसभामा पारितका लागि लैजाने भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#संस्थापक #सेयरधनी
Compare →
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#संस्थापक #सेयरधनी
Compare →
Onlinekhabar
5d ago
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक …

#स्वामित्व
Compare →

Related Stories

National (Nepal)
Build #2611