Trending
Prev Story
Next Story

६ निर्माण कम्पनी कालोसूचीमा,तीन वर्षसम्म प्रतिबन्ध

Arthasansar •
October 30, 2026 • 06:04 AM
1
1 reads 0 reactions

सार्वजनिक खरिद अनुगमन कार्याललले विभिन्न ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयको मिति बिहिबार कात्तिक १२...

६ निर्माण कम्पनी कालोसूचीमा,तीन वर्षसम्म प्रतिबन्ध

सार्वजनिक खरिद अनुगमन कार्याललले विभिन्न ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।

कार्यालयको मिति बिहिबार कात्तिक १२ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आज कात्तिक १३ गते सूचना प्रकाशित गरी ती कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्मको लागि कालोसूचीमा राखिएको जनाइएको हो ।

कार्यालयले काठमाडौंस्थित निलगिरी निर्माण सेवा प्रालि र रुपन्देहीको लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । सस्पेन्सन बृज डिभिजन, ललितपुरको सिफारिसमा निलगिरी निर्माण सेवा र सडक पूर्वाधार विकास कार्यालय, गुलरिया, बर्दियाको सिफारिसमा लुम्बिनी इन्जिनियरिङ वक्र्सलाई कारबाही गरिएको हो । निलगिरीका मुख्य व्यक्ति युवराज डाँगी र लुम्बिनी इन्जिनियरिङका मुख्य व्यक्ति राजनकुमार पोखरेल रहेका छन् ।

त्यस्तै, घोराही, दाङस्थित हरिहरी/शर्मिला जे.भी.लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सस्पेन्सन बृज डिभिजनको सिफारिसमा कारबाहीमा परेको उक्त संयुक्त उपक्रममा हरिहरि निर्माण सेवा, काठमाडौं र शर्मिला कन्स्ट्रक्सन सेवा, रोल्पा संलग्न छन् । यसको मुख्य व्यक्तिमा गौरीलाल डाँगी रहेका छन् । यसैगरी, सडक डिभिजन दमौली, तनहुँको सिफारिसमा गोरखाका दुई निर्माण कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जसमा बारपाक सुलिकोट गाउँपालिका–४ स्थित विन्ध्यवासिनी निर्माण सेवा र गोरखा नगरपालिका–३ स्थित अनुपमा निर्माण सेवा रहेका छन् । विन्ध्यवासिनीका मुख्य व्यक्ति कविन्द्र अधिकारी र अनुपमाका मुख्य व्यक्ति देवेन्द्रजंग कुँवर हुन् ।

त्यस्तै, सामाजिक विकास कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकको सिफारिसमा सुनसरीको इटहरी–८ स्थित सौरभ कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति शर्वेस आचार्य हुन् । कालोसूचीमा परेका यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै चीनले किन किन्यो एनभिडियाको शक्तिशाली एआई चिप? बाहिरियो खरिदको विवरण

अमेरिकाको प्रतिबन्ध हुँदाहुँदै चीनले किन किन्यो एनभिडियाको शक्तिशाली एआई चिप? बाहिरियो खरिदको विवरण

काठमाडौं । अमेरिकाले निर्यातमा प्रतिबन्ध लगाएको एनभिडियाको शक्तिशाली एआई चिप चीनको एक विश्वविद्यालयले खरिद गरेको तथ्य सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा चर्चा सुरु भएको छ। रोयटर्सका...

#खरिद #प्रतिबन्ध
Compare →

Related Stories

National (Nepal)
Build #2611