काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई रिहा गरियोस् भनी सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन आज पहिलो नम्बरमा पेसी चढेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र शान्तिसिंह थापाको बेञ्चको ‘क’ मा पेसी चढेको हो । भट्टका हकमा उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते उक्त निवेदन दर्ता गरेका थिए । त्यसको भोलिपल्ट न्यायाधीश मेघराज मेघराज पोखरेलको बेञ्चले कारण देखाऊ आदेश जारी गरेको थियो । उक्त आदेशमा बन्दीप्रत्यक्षीकरणको रिट किन जारी हुनु पर्ने हो ? वा, रिट जारी हुनु नपर्ने आधार र कारण के हो ? सो समेत स्पष्ट गरी यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ३ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो।
Read full story at source ( barnanmedia.com )