Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको नाम दुरुपयोग भएको हो कि होइन, छानबिन होस् : जस्मिन ओझा

Nagarik News •
October 30, 2026 • 05:10 AM
1
1 reads 0 reactions

जेनजी अभियन्ता जस्मिन ओझाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिनिधि बताउने इनम सापकोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क गरी विचाराधीन मुद्दामा प्रभाव पार्न खोजेको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

प्रधानमन्त्रीको नाम दुरुपयोग भएको हो कि होइन, छानबिन होस् :  जस्मिन ओझा

जेनजी अभियन्ता जस्मिन ओझाले प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिनिधि बताउने इनम सापकोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्पर्क गरी विचाराधीन मुद्दामा प्रभाव पार्न खोजेको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

न्यायाधीश हरि फुयालले इनम सापकोटासँग सम्पर्क र भेट भएको स्वीकार गरेको प्रसंग उल्लेख गर्दै ओझाले प्रधानमन्त्रीको नाम लिएर बाहिरी व्यक्तिले न्यायाधीशहरूसँग सम्पर्क गर्नु र मुद्दाको परिणामबारे आग्रह गर्नु गम्भीर विषय भएको बताएकी हुन्।

सापकोटाले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिनिधि बताउँदै न्यायाधीशहरूसँग सम्पर्क गरेका थिए। च्याटमा समेत ‘प्रधानमन्त्रीको चासो छ’ भन्दै विचाराधीन मुद्दा खारेज गर्न आग्रह गरिएको देखिएको ओझाको भनाइ छ।

‘प्रधानमन्त्रीको नाम लिएर एउटा बाहिरी व्यक्तिले सर्वोच्च अदालतका न्यायाधीशसँग सम्पर्क स्थापित गर्ने र मुद्दाको परिणामबारे आग्रह गर्ने अवस्था कसरी बन्यो ?’ उनले प्रश्न गरेकी छन्।

प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता अहिलेसम्म प्रमाणित नभएको उल्लेख गर्दै ओझाले कसैलाई फसाउने उद्देश्यले प्रधानमन्त्रीको नाम प्रयोग गरिएको हो भने त्यसको कारण र नाम दुरुपयोग गर्ने व्यक्तिबारे पनि छानबिन हुनुपर्ने बताएकी छन्।

अदालतको फैसला अन्ततः कसैको मागअनुसार नभए पनि घटनाले न्यायिक आचरणमाथि प्रश्न उठाएको उनको टिप्पणी छ। न्यायिक निष्पक्षता फैसला कस्तो आयो भन्नेमा मात्र निर्भर नहुने भन्दै उनले न्यायाधीशले निर्णय प्रक्रियामा आफूलाई कसरी प्रस्तुत गरे भन्ने विषय पनि महत्त्वपूर्ण हुने बताएकी छन्।

विचाराधीन मुद्दाका सन्दर्भमा बाहिरी व्यक्तिसँग भएको सम्पर्क, भेटघाट र संवादको औचित्य स्पष्ट हुनुपर्ने उनको भनाइ छ। त्यस्तै, महाभियोग लगाइदिने भन्दै न्यायाधीशलाई तर्साउने विषयलाई पनि उनले गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।

ओझाले कानुनी शासन र न्यायपालिकाको मर्यादा संरक्षणका लागि नेपाल बार एसोसिएसनले निष्पक्ष छानबिनको माग गर्नुका साथै छानबिनको प्रगति र निष्कर्षमाथि समेत निगरानी गर्नुपर्ने धारणा राखेकी छन्।

आरोप प्रमाणित नभएसम्म कसैलाई दोषी भन्न नमिल्ने तर पद र प्रतिष्ठाका आधारमा प्रश्नबाट उन्मुक्ति दिन पनि नहुने उनको भनाइ छ।

प्रकाशित: १३ कार्तिक २०८३ १०:५५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्रीको छेउमै कोठा तयार, नियुक्तिपत्र पनि हातमा ! तर जिम्मेवारी सम्हाल्न सिंहदरबार पुगेनन् दानबहादुर कार्की

प्रधानमन्त्री बालेन शाहको विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गरिएका कार्कीले आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरु"द्ध सर्वोच्च अदालतमा रि"ट दायर गरेका छन्। सरकारले उनको कार्यकक्षसमेत तय...

#सर्वोच्च-अदालत #बालेन-शाह #प्रधानमन्त्रीको
Compare →
Onlinekhabar
15h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612