Trending
Prev Story
Next Story

पाँच सय ग्राम हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ

Ekantipur •
October 30, 2026 • 03:31 AM
1
1 reads 0 reactions

ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए ।

पाँच सय ग्राम हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ

ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए ।

काठमाडौँ — लागूऔषध नियन्त्रण ब्युरोले ५०० ग्राम हेरोइन र पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालमा लागूऔषधको कारोबार गर्ने भारतीय नागरिक र सो गिरोहमा संलग्न नेपाली नागरिकमाथि निगरानी गर्ने क्रममा मोरङको रतुवामाई नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए । त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले जवाफी कारबाहीका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक, बिहारकै ४० वर्षीय पूर्णकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर छन् ।

उनीहरूको साथबाट ५०० ग्राम हेरोइन, एक थान पेस्तोल, एक थान एईको गोली र दुई राउन्ड गोली, दुईवटा मोटरसाइकल तथा तीनवटा मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ ।

घटनामा घाइते भएका दुई भारतीय नागरिकको रतुवामाई नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ बुझाइएको ब्युरोले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
12h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#नियन्त्रण #भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2611