पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ३३ मिलिमिटर वर्षा मापन भएको छ ।
काठमाडौँ — पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी मौसम मापन केन्द्रमा सबैभन्दा बढी ३३ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । अहिले काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा वर्षा जारी छ । वर्षाका कारण चिसो पनि बढेको छ ।