Trending
Prev Story
Next Story

चम्किएका युवा बलर राहुल

Ekantipur •
October 29, 2026 • 04:32 PM
1
1 reads 0 reactions

ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट

चम्किएका युवा बलर राहुल

ट्यालेन्ट हन्टमा ४ सयभन्दा बढी खेलाडीबाट छानिएका जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमान्डु गोर्खाजको लिए महत्त्वपूर्ण ४ विकेट

काठमाडौँ — कर्णाली याक्सविरुद्ध मंगलबार पहिलो खेलमा राहुल यादव जनकपुर बोल्ट्सको सुरुआती टिमबाट खेल्ने तयारीमा थिएनन् । बिहीबार काठमान्डु गोर्खाजसॅगको खेलपछि उनले यसको कारण दिए । ‘ट्यालेन्ट हन्टबाट आउने खेलाडीले पहिलो खेलमै अवसर पाउँदैनन् । जब तपाईं ट्यालेन्ट हन्टबाट आउनुहुन्छ र टोलीले, त्यसमा पनि कप्तानले पहिलो खेलदेखि नै तपाईंप्रति विश्वास देखाउँछन्, तब त्यो ठूलो कुरा हो ।’

तेस्रो सिजनका लागि जनकपुरको ट्यालेन्ट हन्टमा मधेशबाट भाग लिने ४४६ प्रतिभामध्ये राहुल पनि एक थिए । गोर्खाजविरुद्ध ‘प्लेयर अफ द म्याच’ प्रदर्शनसहित उनले बोल्ट्सबाट पहिलो दुई खेलमै आफ्नो क्षमता देखाएका छन् ।

कर्णालीविरुद्ध २ विकेट र १५ रन दिएको त्यो डेब्युपछि, राहुलले आफ्नो प्रदर्शनमा निरन्तरता दिन सक्छन् कि सक्दैनन् भन्ने चिन्ता थियो । तर त्यसपछि जनकपुरका कप्तान हरमित सिंहले राहुललाई नेपाली क्रिकेटको ‘अर्को ठूलो स्टार’ भनेका थिए ।

कर्णालीविरुद्धको हारपछि सिंहले मिडियालाई भनेका थिए, ‘उन (राहुल) ले थप अवसरहरू पाउनुपर्छ । उनी साॅच्चै नेपाली क्रिकेटका अर्को ठूलो स्टार बन्न सक्छन् ।’ जब सिंह र बोल्ट्सले दोस्रो पटक राहुलमाथि विश्वास गरे, उनले पनि टिमलाई निराश बनाएनन् ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

राहुलले आफ्नो पहिलो दुई ओभरमा पहिलो–पहिलो बलमै १–१ विकेट लिए । उनले पावर प्लेभित्रै काठमान्डुका दुई ओपनरलाई पेभेलियन फर्काए । उनको पहिलो सिकार साम हेजलेट (३ बलमा १ रन) बने, त्यसपछि स्मित पटेल (१३ बलमा १३ रन) आउट भए । पटेलको विकेटपछि चोभार एन्डबाट ‘राहुल, राहुल’ को नारा गुञ्जियो ।

उनले १७ औं ओभरको अन्तिम दुई बलमा लगातार दुई विकेट लिए, काठमान्डुका कप्तान करण केसी (१८ बलमा ८ रन) र मोहम्मद आदिल आलमको । त्यसपछि दर्शकदीर्घामा पुनः राहुलको नारा गुञ्जयमान बन्यो । मध्यक्रममा काठमान्डुको सबै आशा करण र आदिलमा थियो । तर राहुलले त्यसलाई निराशामा परिणत गरिदिए । अझ आदिलले आफूले सामना गरेको पहिलो बलमा राहुलको पेसलाई ठम्याउन पनि भ्याएनन् र एलबीडब्लुको सिकार भए ।

१८ औं ओभर समाप्तिमा काठमान्डु १००/९ को अवस्थामा पुग्दा कप्तान सिंहले विकेटकिपर कुशल परेरासॅग छोटो छलफल गरेपछि ओभर बाँकी रहेका रोहितलाई ५ विकेट (फाइफर) लिने प्रयास गर्न अनुमति दिने निर्णय गरे । उनले त्यो माइलस्टोन त प्राप्त गर्न सकेनन्, तर गोर्खाजलाई १९.३ ओभरमा १ सय १५ रनको सामान्य योगफलमा अलआउट गराउन उनी नै मुख्य कारक बने । खेलमा जनकपुरले एउटा स्टेटमेन्ट दिएको थियो । त्यसमा राहुलको ‘पेस’ प्रमुख कारण थियो ।

‘पहिलो दुई खेलमै विकेट लिन सफल भएकामा म खुसी छु,’ राहुलले भने, ‘पहिलो दुई खेलमा आफूले शतप्रतिशत दिएको र अर्को खेलमा अझै त्यसलाई थप्ने छु ।’

बलबाट चार विकेट लिएपछि राहुलले एनओसी समस्याका बावजुद एनपीएल खेल्ने दोस्रो पाकिस्तानी खेलाडी जहान्दद खानलाई आउट गर्दा एक उत्कृष्ट क्याच पनि समाए । यो क्याच देखेपछि मैदान वरपरबाट जनकपुरका समर्थकहरूले फेरि उनको नाममा नारा लगाए– राहुल, राहुल ।

अहिले १७ वर्षका भए पनि उनी लामो समयदेखि क्रिकेट खेल्दै आएका छन् । घरेलु खेलकुदका कमेन्टेटर दिवश सर्राफले काठमान्डुविरुद्धको सानदार प्रदर्शनपछि राहुल र उनकी आमाको फोटोहरू जोडेर एउटा पोस्ट गरे । तस्बिरमा राहुलकी आमाले खुला मैदानमा उनका दर्जनौं ट्रफी र पदकहरू प्रदर्शन गरिएको थियो ।

‘वर्ल्डलिंक बिट द स्पिड–सिजन ३’ को ‘फेस द ब्याटर राहुल नै थिए, जहाॅ उनले माथिल्लो मूलपानीको नेटमा तत्कालीन राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलविरुद्ध पनि बलिङ गरेका थिए ।

मूलपानीमा यसअघि राहुललाई देख्दा काठमान्डु गोर्खाजका अधिकारीहरू पनि अचम्म मानेका थिए । गोर्खाजका मेन्टर तथा क्रिकेट निर्देशक शरद भेषावकरले खेलपछि पत्रकार सम्मेलनमा उक्त क्षण सम्झँदै भने, ‘हामीले तल्लो मूलपानीमा जनकपुरसॅग एउटा अभ्यास खेल खेलेका थियौं, उनको गति र फरक स्लिङ्गी एक्सन ब्याटरहरूका लागि बुझ्न सजिलो छैन, विशेष गरी जब उनी स्लो बल फ्याँक्छन् ।’

नेपाली क्रिकेटका दिग्गज भेषावकरले आफ्नो टिमको हारको कारण राहुल नै रहेको बताए । उनले थपे, ‘सुरुआती विकेटहरू लिएर हामीलाई दबाबमा राखेकामा राहुललाई श्रेय जान्छ ।’

अब, राहुल आगामी खेलहरूमा नियमित खेलाडी बन्ने देखिएका छन् । प्लेयर अफ द म्याच अवार्ड हत्केलामा खेलाउँदै उनले भने, ‘पहिलो खेलमा प्लेयिङ इलेभेनमा बोलाउँदा म नर्भस थिएॅ । तर जब मैले पहिलो बलमै विकेट लिएँ, आत्मविश्वास बढ्न थाल्यो । म अर्को खेलमा आफ्नो ११० प्रतिशत दिनेछु ।’

काठमान्डुविरुद्दको जितपछि राहुलले पाएको सबैभन्दा ठूलो प्रशंसा अंग्रेजी क्रिकेटका दिग्गज मोइन अलीबाट आयो । ५१ बलमा ५८ रन बनाई अविजित रहेका अलीले भने, ‘उनी साॅच्चै धेरै राम्रा छन्, उनी जतिबेला बलिङ गर्न आउँछन्, पहिलो बलमै विकेट लिन्छन् । उनी किशोरावस्थामै छन् । उनी नेपालका अर्को मालिङ्गा बन्नेवाला छन् । यदि उनी फिट र नम्र रहे भने यो नेपालका लागि धेरै राम्रो हुनेछ ।’

अलीले थपे, ‘मैले यो उमेरमा, करियरको यस चरणमा चाहने भनेको नै भविष्यका लागि युवा नेपाली खेलाडीहरूलाई मदत गर्नु हो ।’ राहुलले एनपीएलको ट्यालेन्ट हन्ट प्रणालीको पनि प्रशंसा गरे । यसले राहुलजस्ता युवालाई नेपाली क्रिकेटमा सबैभन्दा ठूलो मञ्च प्राप्त गर्ने अवसर दिएको उनले सुनाए बताए ।

भेषावकरले पनि त्यसमा सहमति जनाए । उनले भने, ‘नेपाल क्रिकेट संघ (क्यान) द्वारा लागू गरिएको ट्यालेन्ट हन्ट स्लटले हरेक फ्रेन्चाइजलाई घरेलु सर्किटमा पनि कहिल्यै शीर्ष–स्तरीय क्रिकेट नखेलेका उदीयमान खेलाडीलाई ल्याउन बाध्य बनाउॅछ । अघिल्लो सिजनमा पनि ट्यालेन्ट हन्टबाट आएका खेलाडीहरू थिए एनपीएलमा सानदार प्रदर्शनपछि चर्चामा आएका थिए ।’

नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

मोदीले आफ्नो फोन ट्याप गरेको राहुल गान्धीको आरोप

काठमाडौं– भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आफ्नो फोन ट्याप गरिरहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा सोधिएको एक प्रश्नको जवाफ दिँदै यस्तो दा...

#राहुल
Compare →
Nagarik News
13h ago
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

#राहुल
Compare →
Onlinekhabar
15h ago
राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

२७ कात्तिक, काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्। इन्स्टाग्राममा सोधिएको एउटा प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। राहुल गान्धीलाई सोधिएको थियो, 'मोदीले तपाईंलाई विदेशी …

#राहुल
Compare →

Related Stories

Sports
Build #2612