Trending
Prev Story
Next Story

प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले आफ्नो संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ । प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी …

प्रहरीको विज्ञप्ति– हाम्रो संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोज्नेमाथि अनुसन्धान थाल्छौं

१२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले आफ्नो संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोच बनाएका सीमित व्यक्तिहरूको चालबाजीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेले विज्ञप्ति जारी गर्दै सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी संगठन प्रतिबद्ध र जिम्मेवार रहेको बताएका छन् ।

‘संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकार विरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरूको चालबाजीलाई नेपाल प्रहरीले प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

साथै, केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सृजना हुने, सुरक्षा जोखिमका साथै नागरिकको सेवामा सदैव समर्पित संस्थाप्रतिको विश्वास, सांगठनिक छबि र निष्ठामा असर पर्न सक्ने भएकाले यस्ता अपुष्ट, भ्रामक, तथ्यहीन एवम् स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न नेपाल प्रहरी सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

सरकारको नीति निर्देशन अनुसार नागरिक प्रतिको विधिसम्मत जिम्मेवारी एवम् उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी सदैव समर्पित रहेको जारी विज्ञप्तिमा उल्ले छ ।

‘नेपाल प्रहरी कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको साथै यस्ता भ्रामक समाचार तथा स्वार्थ केन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकतावद्ध हुदै काम गर्न नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरुमा निर्देशन गर्दै आम नागरिकलाई प्रमाणित, आधिकारिक एवम् तथ्यमा आधारित समाचारमा विश्वास गर्न, अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न तथा जिम्मेवार सूचना सम्प्रेषणमा सहयोग पुर्‍याउन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट

एनभिडियाका प्रमुख कार्यकारीको विवादले एआई कम्पनीका सेयरमा गिरावट पछिल्लो एक महिनामा मात्रै कम्पनीको बजार पुँजीकरण १० खर्ब डलरभन्दा बढीले घटेको छ । अक्टुबरमा यो ५८ खर्बसम्म पुगेको थियो । कार्तिक २...

#विवाद
Compare →
Nagarik News
16h ago
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

#विवाद
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →

Related Stories

National (Nepal)
Build #2611