Trending
Prev Story
Next Story

मलाई जोडेर आएका समाचारमा सत्यता छैन: प्रधानन्यायाधीश शर्मा

Nagarik News •
October 29, 2026 • 01:51 PM
1
1 reads 0 reactions

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताएका छन्।

मलाई जोडेर आएका समाचारमा सत्यता छैन: प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूलाई जोडेर सम्प्रेषण गरिएका समाचारहरू भ्रामक, झुठा र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश डा शर्माले जनतामा भ्रम छर्ने दूषित उद्देश्यले यस्ता भ्रामक समाचारहरू प्रचार गरिएको उल्लेख गरेका छन्।

सञ्चारमाध्यममा आएका त्यस्ता समाचारबाट आफू आश्चर्यमा परेको बताउँदै उनले यस प्रकारका दुष्प्रचारको भर्त्सना गरे।

‘यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु,’ प्रधानन्यायाधीश डा. शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु।’

यसैबीच, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले पनि केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायका साथ समाचार प्रकाशन भएको भन्दै त्यसको खण्डन गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै न्यायाधीश फुयालले आफूविरुद्ध आएका समाचारहरू पूर्ण रूपमा झुटो र भ्रामक भएको बताए।

‘स्वतन्त्र न्यायपालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु,’ न्यायाधीश फुयालले भने, ‘त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ।’

प्रकाशित: १२ कार्तिक २०८३ १९:३६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

काठमाडौं– सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश म...

#प्रधानन्यायाधीश #शर्मा
Compare →
Onlinekhabar
6d ago
विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा …

#शर्मा
Compare →
Ekantipur
6d ago
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

#शर्मा
Compare →

Related Stories

Technology
Build #2611