Trending
Prev Story
Next Story

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस

Ekantipur •
October 29, 2026 • 01:04 PM
1
1 reads 0 reactions

बिहीबार शपथलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई नवनिर्वाचित पदाधिकारी र सदस्यको आवश्यक विवरण संकलन गरी निर्वाचन आयोगमा पेस गर्ने अख्तियारी दिएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस

बिहीबार शपथलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई नवनिर्वाचित पदाधिकारी र सदस्यको आवश्यक विवरण संकलन गरी निर्वाचन आयोगमा पेस गर्ने अख्तियारी दिएको छ ।

काठमाडौं — कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ । त्यसका लागि आवश्यक विवरण संकलन गरी आयोगमा पेस गर्न  बिहीबार शपथलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई अख्तियारी दिएको छ ।

राजनीतिक दलसम्बन्धी कानुनअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात तयार भए शुक्रबार नै आयोगमा अद्यावधिक गराइनेछ । त्यसमा ढिलाइ भए सोमबार मात्रै प्रक्रिया अघि बढ्ने उनले बताए । ‘महाधिवेशन सम्पन्न भएर निर्वाचनबाट आएका पदाधिकारी तथा सदस्यहरूको विवरणसम्बन्धी कागजात मिलाउने काम भइरहेको छ,’ आचार्यले भने ।

कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५औं महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथ सम्पन्न भएलगत्तै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । सोही बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउन कार्यवाहक मुख्यसचिव दुलाललाई अख्तियारी दिने निर्णय गरेको हो ।

अर्कोतर्फ आफूहरू नै आधिकारिक कांग्रेस रहेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ । वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरेको देउवा पक्षले १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने आफ्नै फैसलामाथि पुनरावलोकनको निस्सा दिएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी विवाद अझै टुंगिएको छैन ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले ४ वैशाखमा सदर गरेको थियो । त्यसविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अलग-अलग पुनरावलोकन निवेदन दिएका थिए ।

ती निवेदनमाथि सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको हो । त्यसको अन्तिम टुंगो नलाग्दै कांग्रेसको १५औं महाधिवेशन सम्पन्न भएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशन सम्पन्न गरेपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा लागेको हो । देउवा पक्षले आगामी २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।

बिहीबारको बैठकमा सभापति थापाले तिहार र छठपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक बसेर सबै पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरिने बताएका थिए । बाढीपहिरोबाट मुलुकले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा चाडबाडका नाममा खादा-माला लगाएर तडकभडक नगर्न पनि उनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिएका थिए । नागरिकसँग जोडिने सामाजिक काममा सहभागी हुन उनले आग्रह गरेका थिए ।

निर्वाचन समितिका सदस्यसचिव राजु कुटवालका अनुसार अनुसन्धानको दायरामा रहेका ४ जनासहित १३ जनाको शपथ हुन बाँकी छ । बिहीबार वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मासहित १९ जना पदाधिकारी र १ सय ९८ जना केन्द्रीय सदस्यले शपथ लिएका थिए ।

अनुसन्धानको दायरामा रहेका विनिता खड्का, मोहनबहादुर बस्नेत, सन्तोष चालिसे र उमेशचन्द्र यादवको हकमा अनुसन्धानको टुंगो नलागेसम्म शपथ प्रक्रिया रोकिएको छ । बाँकी ९ जनालाई उपस्थित भएका बेला आन्तरिक रूपमा शपथ गराइने निर्वाचन समितिले जनाएको छ ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालमा मात्र सीमित रहेको तर काम र नीति निर्माणमा शून्य देखिएको आरोप लगाएका छन् । रिपो...

#केन्द्रीय #कांग्रेस
Compare →
Nagarik News
17h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
13h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612