Trending
Prev Story
Next Story

अमेरिकासँगको निर्भरता घटाउन इयूसँग सहकार्य बढाउँदै क्यानडा

Ekantipur •
October 29, 2026 • 11:32 AM
1
1 reads 0 reactions

व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव

अमेरिकासँगको निर्भरता घटाउन इयूसँग सहकार्य बढाउँदै क्यानडा

व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ (इयु) सँग व्यापार, रक्षा र आर्थिक सहकार्य विस्तार गर्न पहल गरेका छन् ।

तर, क्यानाडालाई इयुको ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावमा फ्रान्स र जर्मनीसहित केही सदस्य राष्ट्रले असन्तुष्टि जनाएका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा मोन्ट्रियलमा आयोजित शिखर सम्मेलनमा सहभागी हुँदैछन् ।

सम्मेलनमा व्यापार, रक्षा, प्रविधि, अनुसन्धान र महत्त्वपूर्ण खनिजमा सहकार्य बढाउने प्रस्ताव छ । कार्नीले साझेदारीको नामभन्दा त्यसबाट नागरिक, व्यवसायी र अनुसन्धानकर्ताले पाउने अवसर महत्त्वपूर्ण हुने बताएका छन् ।

ट्रम्पले प्रस्तावित सम्बन्धलाई ‘शत्रुतापूर्ण कार्य’ ठान्न सकिने र आवश्यक परे युरोपमाथि भन्सार शुल्क लगाउन सकिने चेतावनी दिएका छन् । क्यानाडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन् ।

क्यानाडाले थप ७२ अमेरिकी एफ–३५ लडाकू विमान खरिद गर्ने योजना पुनरावलोकन गर्दै स्विडेनको साब ग्रिपेनलाई विकल्पका रूपमा विचार गरिरहेको छ ।

सन् २०२५ मा क्यानाडाको कुल निर्यातको ७१.७ प्रतिशत अमेरिका गएको थियो । प्रधानमन्त्री कार्नीले आगामी दशकमा अन्य देशतर्फको निर्यात दोब्बर बनाउने लक्ष्य राखेका छन् ।

क्यानाडा र इयुबीच डिजिटल व्यापार तथा महत्त्वपूर्ण खनिजमा लगानी बढाउने विषयमा पनि छलफल भइरहेको छ । प्रस्तावित साझेदारीले अमेरिकी अर्थतन्त्र र सुरक्षामाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

काठमाडौं- टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात ...

#सहकार्य
Compare →
Onlinekhabar
1w ago
टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ । डिजिटल प्रविधि, सिर्जनात्मक …

#सहकार्य
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य
Compare →

Related Stories

World News
Build #2612