Trending
Prev Story
Next Story

प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ । उद्योग विभागका अनुसार असोजसम्म कुल ४ सय …

प्रथम त्रैमासमा १६ अर्ब २३ करोड एफडीआई स्वीकृत

१२ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार असोजसम्म कुल ४ सय २२ उद्योग दर्ता भएका छन् । जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव २०८२/८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर  एफडीआई स्वीकृत भएको छ । यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ ।

उद्योग विभागका अनुसार असोजसम्म अटोमेटिक रुटबाट ४ सय १० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन् ।

असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । साना उद्योग ४ सय १७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ । असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए ।

यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ । कुल २ सय ५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् ।

त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २/२ उद्योग दर्ता भएको विभागले जनाएको छ ।

रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ । ऊर्जामा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ ।

उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
13h ago
पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।

#स्वीकृत
Compare →
Hamro Patro News
14h ago
अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

अब सुई होइन, खाएरै घटाउन सकिनेछ तौल, चीनमा नयाँ औषधि स्वीकृत

बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गर्न मिल्ने तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइए...

#स्वीकृत
Compare →
Ekantipur
1w ago
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरेको हो ।

#स्वीकृत
Compare →

Related Stories

Technology
Build #2612