Trending
Prev Story
Next Story

लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

Ekantipur •
October 15, 2026 • 11:01 PM
1
1 reads 0 reactions

बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ ।

लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ ।

राजविराज — लागुऔषध मुद्दामा पक्राउ परेका सप्तरीको सुरुङ्गा नगरपालिकाका नगरसभापति मोहम्मद साबिर अलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बन गरेको छ । बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ ।

घटनाको सत्यतथ्य छानबिन तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्दै कानुनी प्रक्रियाको सम्मान गर्न अन्तिम निष्कर्ष नआएसम्मका लागि जिम्मेवारीमा रहेर कामकाज गर्न रोक लगाइएको मधेश प्रदेश समितिका महासचिव मनिषकुमार साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्दै अनुसन्धानबाट प्राप्त निष्कर्ष र पार्टीको विधानबमोजिम आवश्यक थप निर्णय लिन प्रदेश समिति प्रतिबद्ध रहेको जनाइएको छ । प्रहरीले गत बुधबार सुरुङ्गा नगरपालिका–५ बस्ने ४७ वर्षीय अलीलाई सोही नगरपालिका–४ स्थित कदमाहा बजारबाट पक्राउ गरेको थियो । २९ मंसिर ०८१ मा सिरहाको धनगढीमाई नगरपालिका–१०, जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ना. ३ ख ७५९१ नम्बरको ट्रक र बा. ८ च ९९६३ नम्बरको कार एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनापछि कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो । दुर्घटनापछि ट्रक चालक र कार नियन्त्रणमा लिइएका थिए भने कार चालक फरार भएका थिए । सोही घटनाका आरोपी अलीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय लहानले १५ फागुन ०८१ र २६ पुस ०८२ मा पुनः खोजतलासका लागि सप्तरी प्रहरीलाई पत्राचार गरेको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612