Trending
Prev Story
Next Story

गड्डाचौकी नाकामा ‘अल्फा’ले पत्ता लगायो ब्राउन सुगर

Ekantipur •
October 18, 2026 • 05:32 PM
1
1 reads 0 reactions

आइतबार गड्डाचौकी भन्सार ब्यारियर नजिकै मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

गड्डाचौकी नाकामा ‘अल्फा’ले पत्ता लगायो ब्राउन सुगर

आइतबार गड्डाचौकी भन्सार ब्यारियर नजिकै मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

कञ्चनपुर — गड्डाचौकी नाकामा जाँचका लागि राखिएको अल्फा नामको कुकुरले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ब्राउन सुगर पत्ता लगाएको छ । आइतबार गड्डाचौकी भन्सार ब्यारियर नजिकै मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर फेला परेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नेराका २४ वर्षीय विक्रम मिजारले मुखभित्र लुकाएर ल्याइरहेको शून्य दशमलव १६ मिलिग्राम ब्राउन सुगर बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सीमा सुरक्षा गुल्म गड्डाचौकीका डीएसपी चुनराज थापाले बताए ।

शनिबारदेखि सशस्त्र प्रहरीले गड्डाचौकीमा लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै जाँचका लागि अल्फा र डेल्टा नामका कुकुर परिचालन गरेको छ । अल्फाले लागुऔषधको पहिचान गर्न सक्छ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थको पहिचान गर्न सक्छ ।

सशस्त्र प्रहरीको झलारीस्थित ३५ नम्बर गणका एसपी प्रेमप्रकाश सिग्देलले चाडपर्वका बेला लागुऔषध र हातहतियार भित्रिन सक्ने भन्दै कुकुर परिचालन गरिएको बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611