Trending
Prev Story
Next Story

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

Hamro Patro News •
October 20, 2026 • 07:25 AM
1
1 reads 0 reactions

काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा ग...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?

काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म मासु सञ्चित गरेर तताउँदै खाने वा सुकुटी बनाएर राख्ने चलनले मासुको पोषक तत्व नष्ट हुनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पार्छ।

पोषणविद् खड्काका अनुसार विश्व स्वास्थ्य संगठनले एक हप्तामा ४३० ग्राम मासु खान सुझाव दिएको छ। बालबालिकाले दैनिक ४० देखि ६० ग्राम र वयस्कले १२० ग्रामसम्म मासु खान सक्ने उनको भनाइ छ। १८ वर्षभन्दा कम उमेरका बालबालिकाले रातो मासु खान मिल्ने भए पनि ५० वर्षभन्दा माथिका व्यक्तिले भने रातो मासुबाट टाढै रहनु उचित हुन्छ। ज्येष्ठ नागरिकको पाचनशक्ति कमजोर हुने र मुटुरोगको जोखिम बढी हुने भएकाले उनीहरूले चिल्लो कम भएको मासु खानुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा...

#काठमाडौं #कति
Compare →

Related Stories

World News
Build #2611