Trending
Prev Story
Next Story

कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ …

कैलालीमा लागुऔषधसहित ८ जना पक्राउ

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो ।

भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् ।

उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम ११० मिलिग्राम लागुऔषधसहित २१ वर्षीय दीपक बुढा र १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई बुधबार साँझ मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित थप चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र जोशीपुर–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
लागुऔषधसहित ९ जना पक्राउ

लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–१६ बाट एक, मोरङको बेलबा...

#नगरपालिका #लागुऔषधसहित
Compare →
Nagarik News
1d ago
लागुऔषधसहित पाँच पक्राउ

लागुऔषधसहित पाँच पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ गरेको छ।

#लागुऔषधसहित
Compare →

Related Stories

Technology
Build #2612