काठमाडौँ । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका लागि नेपाल र भारतका दुई संस्थाले एकापसमा सहकार्य गर्ने भएका छन् । भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (युएफएन) को संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना फैलाउने, प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा उनीहरूको जीवन सहज र सम्मानजनक बनाउन सामाजिक सहयोग र संस्थागत सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।
Read full story at source ( corporatenepal.com )