Trending
Prev Story
Next Story

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

Nagarik News •
October 28, 2026 • 02:59 PM
1
1 reads 0 reactions

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ।

१९.८३ प्रतिशत मात्रै काम, मंगलसेन जोड्ने सडकको ठेक्का तोडियो

अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण निर्धारित समयमा सम्पन्न नगरेपछि ठेक्का तोडिएको छ। पटक–पटक ताकेता गर्दा पनि निर्माणले गति नलिएपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो।

२०७९ वैशाख १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त सडक २०८२ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। निर्धारित समयमा काम नसकिएपछि २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिए पनि निर्माण पूरा हुन सकेन। ठेक्का तोड्दासम्म सडकको भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको छ।

१० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो। ठेक्का तोडिएपछि सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।

यसैबीच, सडक डिभिजन कार्यालय साँफेबगरले लामो समयदेखि अलपत्र परेका सडक तथा पुल निर्माणसम्बन्धी थप पाँचसहित छवटा रुग्ण ठेक्का अन्त्य गरेको छ। सन् २०७६ देखि निर्माण अघि बढ्न नसकेका योजनाका ठेक्का तोडिएको कार्यालयले जनाएको छ।

ठेक्का अन्त्य गरिएका अन्य योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ २०:४४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

सुनसरीको मूलघाट–सुभाङ सडकको ठेक्का तोड्ने तयारी, निर्माण कम्पनीसँग १५ दिने स्पष्टीकरण माग

१९ कात्तिक, काठमाडौं । तमोर कोरिडोरअन्तर्गत सुनसरीको मूलघाटदेखि सुभाङ गणेशचोकसम्मको सडकखण्ड कालोपत्रे गर्ने काममा ठेकेदार कम्पनीले ढिलाइ गरेपछि सडक विभागले ठेक्का किन नतोड्ने भनेर प्रश्न गरेको छ । सडक विभागको उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना …

#ठेक्का #सडकको
Compare →
Hamro Patro News
2d ago
चार वर्षमा पनि बनेन २ वर्षमा बन्नुपर्ने सडक

चार वर्षमा पनि बनेन २ वर्षमा बन्नुपर्ने सडक

दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको बागलुङको हरिचौर–मल्म–पाण्डवखानी सडक चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आठ किलोमिटर लामो सडकको भौतिक प्रगति हालसम्म ८० प्रतिशत मात...

#ठेक्का #सम्पन्न
Compare →
Bizshala
1w ago
दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

दुई पटक ठेक्का रद्द हुँदा सुनकोशी–मरिन आयोजना अन्योलमा, समय र लागत दुवै बढ्ने जोखिम

काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ठेक्का प्रक्रियामा आएको अवरोधका कारण पुनः...

#ठेक्का
Compare →

Related Stories

Technology
Build #2611