कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक डिल्लीराज जोशीले बताए ।
डडेल्धुरा — कांग्रेस देउवा पक्षले डडेलधुरामा १४ र १५ कात्तिकमा आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । अधिवेशनका लागि जिल्ला कार्यसमितिले नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेको छ ।
कांग्रेस देउवा पक्षका डडेलधुरा संयोजक डिल्लीराज जोशीले अधिवेशन १४ कात्तिक बिहान ११ बजे डडेल्धुरा सदरमुकामस्थित पार्टी कार्यालय किसुनजी भवनमा हुने बताए । अधिवेशन २ दिनसम्म सञ्चालन हुने उनले जानकारी दिए ।
अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य, प्रदेशसभा क्षेत्रीय सभापति तथा कार्यसमिति, सातवटै पालिका कार्यसमिति र ५२ वटै वडा कार्यसमितिका प्रतिनिधिलाई सहभागी हुन अनुरोध गरिएको छ । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई समेत उपस्थितिका लागि आग्रह गरिएको जिल्ला कार्यसमितिका संयोजक जोशीले बताए ।