Trending
Prev Story
Next Story

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ । बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा …

कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा संसदीय विशेष समितिको जोड

११ कात्तिक, काठमाडौं । संसदीय विशेष समितिले कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउनुपर्नेमा जोड दिएको छ ।

बुधबार हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठब बसेको थियो । उक्त बैठकमा आगामी कोप–३१ सम्मेलनमा नेपालको सहभागिता, जलवायु कूटनीति तथा राष्ट्रिय हितका विषयमा छलफल भएको छ ।

छलफलमा समितिका सभापति गणेश पराजुलीले कोप सम्मेलनमा नेपालको सहभागिता औपचारिक भ्रमणमा मात्र सीमित नभई ठोस उपलब्धि हासिल गर्ने गरी तयारी हुनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय वार्ता तथा संवादमा सहभागी हुने प्रतिनिधिहरू विषयगत रूपमा सक्षम, आवश्यक तयारीसहित र नेपालको हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्ने उनको धारणा थियो ।

बैठकमा सम्बन्धित मन्त्री, मन्त्रालयका सचिव तथा वातावरण महाशाखा प्रमुखसँग कोप–३१ मा नेपालले उठाउने विषयहरूबारे छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा तथा सम्माननीय सभामुखले अन्तर–संसदीय संघमा व्यक्त गरेका धारणालाई समेत ध्यानमा राखी नेपालको हितअनुकूल अन्तर्राष्ट्रिय वार्ता अघि बढाउनुपर्ने विषय उठाइएको छ ।

सभापति पराजुलीले सम्मेलनमा स्थापना गरिने नेपालको पेभिलियन तथा प्रस्तुत गरिने वृत्तचित्रमार्फत हालैका बाढीपहिरो र जलवायुजन्य विपद्बाट भएका क्षति प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए ।

साथै, विपद्बाट भएको क्षति मात्र नभई नेपाल सुरक्षित र पर्यटनका लागि उपयुक्त गन्तव्य रहेको सकारात्मक सन्देशसमेत अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउनुपर्ने विषयमा विशेष जोड दिए ।

बैठकमा समितिका १५ सदस्यलाई नौवटा विषयगत क्षेत्र समेट्ने गरी पाँच समूहमा विभाजन गर्ने विषयमा समेत छलफल भएको छ । प्रत्येक समूहमा तीन जना सदस्य रहने प्रस्तावसहित सदस्यहरूको रुचि तथा विषयगत क्षमताका आधारमा जिम्मेवारी निर्धारण गर्ने विषयमा थप छलफल गरिने भएको छ।

समितिले कोप–३१ मा नेपालको सहभागितालाई जलवायु न्याय, विपद्बाट भएको हानि–नोक्सानी तथा राष्ट्रिय हितका सवालमा परिणाममुखी बनाउने आवश्यकतामा जोड दिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
कोप-३१ : गैरराज्य पक्षको सहभागिता, नेतृत्व र प्रोत्साहनका लागि ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’

कोप-३१ : गैरराज्य पक्षको सहभागिता, नेतृत्व र प्रोत्साहनका लागि ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क’

अन्ताल्या (टर्किए)। कोप–३१ सम्मेलनमा ‘नेट–जिरो रिकग्निसन फ्रेमवर्क (एनजेडआरएफ)’ शुक्रबार सार्वजनिक गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सचिवालयले गैरराज्य पक्षका निकायको जलवायु नेतृत्व ...

#जलवायु #कोप #सहभागिता
Compare →
Nagarik News
5h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #कोप
Compare →
Ekantipur
7h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#जलवायु #कोप
Compare →
Bizshala
9h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप
Compare →

Related Stories

Politics & Governance
Build #2611