Trending
Prev Story
Next Story

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

Arthasansar •
October 19, 2026 • 07:19 AM
2
2 reads 0 reactions

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने...

नवरात्रको नवौँ दिन : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दसैँ घर वा पूजा कोठामा दोहोर्‍याउनुपर्ने धर्मशास्त्रीहरुले बताएका छन् ।

कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नु पर्ने भएकाे छ। दसैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्‍याउनुपर्ने बताइएकाे छ। आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ ।

हनुमानढोका दरबारको दसैँ घरमा हिजो (आइतबार) पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
9h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#गते #कात्तिक
Compare →
Hamro Patro News
20h ago
शुक्रबार तपाईको भाग्य कस्तो छ ?

शुक्रबार तपाईको भाग्य कस्तो छ ?

२०८३ कात्तिक २७ गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्...

#गते #कात्तिक
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#गते #कात्तिक
Compare →
Nagarik News
1d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने सभामुख यादवले बताए।

#गते #कात्तिक
Compare →

Related Stories

National (Nepal)
Build #2611