Trending
Prev Story
Next Story

रिलिजअगावै फिल्म ‘जलाकी’ को अमेरिका र क्यानडा राइट्स बिक्री

Nagarik News •
October 28, 2026 • 08:41 AM
2
2 reads 0 reactions

नेपालमा आगामी मंसिर ४ गतेबाट प्रदर्शन को तयारीमा रहेको ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।

रिलिजअगावै फिल्म ‘जलाकी’ को अमेरिका र क्यानडा राइट्स बिक्री

आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जलाकी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (राइट्स) अमेरिका र क्यानडाका लागि बिक्री भएको छ।

अमेरिका र क्यानडाको प्रदर्शन अधिकार ‘पिएनएम एलएलसी’ ले खरिद गरेको निर्देशक मगरले बुधबार जानकारी दिए। ती देशहरूमा फिल्म प्रदर्शन हुने मिति वितरक कम्पनी र निर्माताबीचको आपसी छलफलपछि तय गरिने उनले बताए।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका सार्वजनिक गीत र टिजरले सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। यस्तै ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतहरू पनि रिल्स तथा सर्ट्समा दर्शकले निकै रुचाएका छन्।

‘जलाकी’ को कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा ढुङ्गाले बनाइने विशेष स्तम्भलाई ‘जलाकी’ भनिन्छ। फिल्मले यही मौलिक सांस्कृतिक प्रतीकलाई मुख्य विषयवस्तु बनाएको छ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनले अभिनय गरेका छन्। यही चलचित्रमार्फत ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

यसैगरी, फिल्मको विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

नेपालभित्र भने फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ।

प्रकाशित: ११ कार्तिक २०८३ १४:२६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
‘बाटुलो जून’ को सुखद् सुरुवात

‘बाटुलो जून’ को सुखद् सुरुवात

अनमोल केसीको फिल्म ‘बाटुलो जून’ आजदेखि प्रदर्शनमा आएको छ । फिल्मको सुरुवाती व्यापार निकै उत्साहजनक देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै एक करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने प्रक्षेपण गरिएको छ...

#प्रदर्शन #फिल्म
Compare →
Onlinekhabar
1d ago
ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् …

#फिल्म
Compare →

Related Stories

World News
Build #2612