Trending
Prev Story
Next Story

देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली

Nagarik News •
October 28, 2026 • 09:55 AM
1
1 reads 0 reactions

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

1 / 2
Swipe Photos

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।

सिङ्गो राज्य स्वतन्त्रताको उपयोग गर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उनले देशलाई थप संकटतर्फ जान नदिन आन्दोलनको तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार मनोनीत तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको आरोप लगाए। मुलुकमा कसैले बोल्नै नसक्ने गरी भयको वातावरण सिर्जना गरिएको उनको दाबी छ।

‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ,’ अध्यक्ष ओलीले भने, ‘देश कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ। यस अवस्थालाई थप बिग्रन नदिन आन्दोलनको तयारी गर्नुको कुनै विकल्प छैन।’

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई गन्तव्य बनाएको बताउँदै उनले देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउने ऐतिहासिक अभिभारा एमालेकै काँधमा आएको उल्लेख गरे। सही नीति र विचारका आधारमा पार्टी एकताबद्ध र अनुशासित भएर अघि बढे मात्र जनतामा आकर्षण फर्काउन सकिने उनको भनाइ थियो।

गत वर्ष फागुन २१ मा भएको निर्वाचन चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो शृङ्खला भएको अध्यक्ष ओलीले जिकिर गरे। उनले एमाले सत्य, न्याय, देश र जनताको पक्षमा उभिएकाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने दाबी गरे।

कार्यक्रममा नवनियुक्त केन्द्रीय सदस्यहरू इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

महासचिव शंकर पोखरेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ११ कार्तिक २०८३ १५:४० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार, अलमलमा नेकपा

सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार, अलमलमा नेकपा

काठमाडौँ । राष्ट्रिय मुद्दामा सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारीमा रहेका विपक्षी दलहरूले अहिलेसम्म ठोस र साझा योजना सार्वजनिक गरेका छैनन् । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...

#केपी-ओली #आन्दोलन
Compare →
Ekantipur
1w ago
छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

महासंघ केन्द्रीय समितिको उपलब्ध सदस्यहरुको शुक्रबार बसेको बैठकले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश, पत्रकारको श्रम अधिकार र लोककल्याणकारी विज्ञापन कटौतीलगायतका विषयमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

#आन्दोलन
Compare →
Arthasansar
21h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#आन्दोलन #देशमा
Compare →
Onlinekhabar
1d ago
ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

ऋषि धमला भन्छन्- सरकारविरुद्ध आन्दोलनको औचित्य छैन

२६ कात्तिक, काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी …

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612