Trending
Prev Story
Next Story

न्युजिल्यान्डका नेपालीलाई राहदानी नवीकरणमा सास्ती, सेवा लिन अस्ट्रेलिया धाउनुपर्ने बाध्यता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, सिड्नी । न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा …

न्युजिल्यान्डका नेपालीलाई राहदानी नवीकरणमा सास्ती, सेवा लिन अस्ट्रेलिया धाउनुपर्ने बाध्यता

११ कात्तिक, सिड्नी । न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्।

आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्डका अध्यक्ष डा. अच्युत अर्यालले राहदानी नवीकरणलगायत सेवामा भइरहेको कठिनाइबारे विद्यार्थीहरूबाट धेरै गुनासो आउने गरेको बताए।

‘राहदानी नवीकरण गर्न र आवश्यक कागजातसम्बन्धी सेवा लिनसमेत अस्ट्रेलिया वा नेपाल जानुपर्ने बाध्यता छ,’ अर्यालले भने, ‘यसले समय र खर्च दुवै बढाएको छ भने विद्यार्थी तथा अन्य नेपालीको दैनिक जीवन र योजनामै असर पारेको छ।‘

न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जनले समुदायले भोगिरहेको कठिनाइ समाधान गर्न क्यानबेरास्थित नेपाली दूतावाससँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।

यता, अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत तारा गौतमले राहदानी सेवा प्रभावित हुनुको मुख्य कारण प्राविधिक समस्या रहेको बताएकी छन्।

राहदानी छपाइसम्बन्धी नयाँ ठेक्का जर्मन कम्पनीलाई दिइएको र प्रणाली सञ्चालनमा ल्याउन करिब तीन महिना लाग्ने उनले जानकारी दिइन्। प्राविधिक समस्या समाधानको प्रक्रिया अपेक्षाभन्दा लामो हुन सक्ने भएकाले सेवा पूर्ण रूपमा सहज हुन अझै केही महिना लाग्न सक्ने उनको भनाइ छ।

दूतावासले समस्या समाधानका लागि नेपाल सरकारलाई जानकारी गराइसकेको गौतमले बताइन्। नवजात शिशुको राहदानी तथा अत्यावश्यक प्रकृतिका कामलाई प्राथमिकतामा राखेर सेवा दिने प्रयास भइरहे पनि सूचना प्रविधि सम्बन्धी समस्याका कारण त्यसमा समेत कठिनाइ भइरहेको उनले स्पष्ट पारिन्।

उनले नेपाली नागरिकलाई आफ्नो राहदानीको म्याद समयमै जाँच गर्न र म्याद सकिनु अगाडि नै पर्याप्त समय लिएर नवीकरणको प्रक्रिया सुरु गर्न आग्रह गरेकी छन्।

न्युजिल्यान्डमा नेपाली नागरिकले भोगिरहेको समस्यालाई ध्यानमा राख्दै क्यानबेरास्थित नेपाली दूतावासले आगामी वर्षको सुरुदेखि घुम्ती सेवा सञ्चालन गर्ने योजना बनाएको छ। गौतमका अनुसार वर्षमा कम्तीमा दुई पटक यस्तो सेवा सञ्चालन गर्ने तयारी छ। यसबाट राहदानी नवीकरणलगायत आवश्यक कन्सुलर सेवा न्युजिल्यान्डमै उपलब्ध गराउन सकिने अपेक्षा दूतावासको छ।

न्युजिल्यान्डमा नेपाली समुदायको उपस्थिति बढ्दै गएको अवस्थामा राहदानीजस्तो अत्यावश्यक कागजातका लागि अर्को देश जानुपर्ने बाध्यताले नेपालको कन्सुलर सेवा प्रणालीमाथि प्रश्न उठाएको छ।

प्राविधिक समस्या शीघ्र समाधान गर्न, घुम्ती सेवाको योजना तत्काल कार्यान्वयन गर्न र दीर्घकालीन रूपमा नियमित कन्सुलर सेवाको व्यवस्था गर्न सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष महर्जनले बताए ।

तिमल्सिना अस्ट्रेलिया क्यान्बेरामा कार्यरत सञ्चारकर्मी हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उहाँको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, ...

#राहदानी #धाउनुपर्ने #बाध्यता
Compare →
Bizshala
2w ago
एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू...

#नवीकरण
Compare →
Nagarik News
9h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#राहदानी
Compare →
Ekantipur
4d ago
बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

बंगलादेश फर्कन राहदानी माग गर्दै शेख हसिनाद्वारा पत्र, सरकारद्वारा अस्वीकार

सन् २०२४ मा विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएर भारतमा आश्रय लिइरहेकी हसिनाले बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र पाउनका लागि लन्डनस्थित ल फर्ममार्फत दिल्लीस्थित बंगलादेशी दूतावासमा औपचारिक पत्र पठाएकी छिन्

#राहदानी
Compare →

Related Stories

National (Nepal)
Build #2611