Trending
Prev Story
Next Story

गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा

Ekantipur •
October 18, 2026 • 11:45 AM
1
1 reads 0 reactions

कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले तालिमप्राप्त कुकुरसहितको विशेष स्क्वाड परिचालन गरेको छ ।

गड्डाचौकी नाकामा अब तालिमप्राप्त कुकुरबाट पनि निगरानी, पाँच सुरक्षाकर्मीसहित ‘अल्फा’ र ‘डेल्टा’ मैदानमा

कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले तालिमप्राप्त कुकुरसहितको विशेष स्क्वाड परिचालन गरेको छ ।

कञ्चनपुर — कञ्चनपुरको नेपाल–भारत सीमा नाका गड्डाचौकीमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले तालिमप्राप्त कुकुरसहितको विशेष स्क्वाड परिचालन गरेको छ । भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी सीमा नाकामा शनिबार बिहानदेखि स्क्वाडले चेकजाँच कार्य सुरु गरेको हो । सीमा नाकामा परिचालन गरिएको स्क्वाडमा पाँच जना तालिमप्राप्त दक्ष सुरक्षाकर्मीका साथै दुईवटा तालिमप्राप्त कुकुर रहेका छन् । स्क्वाडमा ल्याब्राडोर जातको ‘अल्फा’ नामक पोथी कुकुर र जर्मन शेफर्ड जातको ‘डेल्टा’ नामक भाले कुकुर रहेका छन् ।

यही असोज २७ गते सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीको परिसरमा सशस्त्र प्रहरी सहायक निरीक्षक जगदीश भट्टको कमान्डमा उक्त स्क्वाड स्थापना गरिएको थियो । उनीहरूलाई आवश्यकताअनुसार सुरक्षा जाँचमा प्रयोग गरिने सशस्त्र प्रहरीले जनाएको छ । तालिमप्राप्त कुकुरको प्रयोगले तिनको तालिम र कार्यक्षमताअनुसार शङ्कास्पद वस्तु पहिचान तथा जाँच प्रक्रियामा सहयोग पुग्न सक्छ । यसबाट सुरक्षाकर्मीलाई सीमा नाकामा गरिने जाँच थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपाल–भारत सीमा नाकाका रूपमा रहेको गड्डाचौकीमा यात्रु तथा सवारीसाधनको आवागमन हुने भएकाले यहाँको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनु महत्त्वपूर्ण मानिन्छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालनले सीमा नाकामा हुने सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । उनले सीमा नाकामा हुने आवागमनलाई व्यवस्थित बनाउँदै शङ्कास्पद गतिविधि तथा वस्तुको पहिचान गर्न दक्ष जनशक्तिको परिचालन महत्त्वपूर्ण हुने बताए । “सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन हामीले उपलब्ध जनशक्ति, सीप र स्रोतसाधनको उचित परिचालनमा जोड दिएका छौँ । तालिमप्राप्त कुकुरसहितको स्क्वाड परिचालनले आवश्यकताअनुसार चेकजाँचलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ । सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ,” सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भने । उनका अनुसार सीमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित निगरानी, व्यवस्थित चेकजाँच र सम्बन्धित निकायसँगको समन्वय आवश्यक हुन्छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायबीच प्रभावकारी समन्वय र सतर्कताको अभ्यास भइरहेको बताएका छन् । “सीमा नाकाको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकायले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ । सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण, यात्रुको सहज आवागमन र शान्ति सुरक्षा कायम राख्न सबै निकायबीच समन्वय भइरहेको छ,” कोइरालाले भने । उनले सुरक्षा जाँचलाई व्यवस्थित बनाउँदै सर्वसाधारण तथा यात्रुलाई अनावश्यक असहजता नहुने गरी सुरक्षा व्यवस्था सञ्चालन गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा अवैध गतिविधि नियन्त्रण गर्न सम्बन्धित सुरक्षा निकायबीच सहकार्य हुने गरेको बताएका छन् । “सीमा क्षेत्रमा हुने आपराधिक तथा शङ्कास्पद गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायबीच सूचना आदानप्रदान र आवश्यक समन्वय प्रभावकारी रूपमा भइरहेको छ । सीमा नाकामा गरिने जाँचलाई व्यवस्थित बनाउँदै कानुनविपरीतका गतिविधि नियन्त्रण गर्न पनि सम्बन्धित निकायसँग सहकार्य भइरहेको छ,” गिरीले भने । उनका अनुसार सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायको सक्रियता र सूचनामा आधारित निगरानी महत्त्वपूर्ण हुन्छ ।

भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाशबहादुर थापाले सीमा नाकामा सुरक्षा जाँचलाई थप व्यवस्थित बनाउने प्रयासले स्थानीय बासिन्दा तथा आवागमन गर्ने सर्वसाधारणको सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । “सीमा नाकाको सुरक्षा स्थानीय बासिन्दा, व्यवसायी र आवतजावत गर्ने सर्वसाधारणसँग पनि प्रत्यक्ष जोडिएको विषय हो । सुरक्षा जाँच प्रभावकारी हुँदा स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ । सुरक्षा व्यवस्थासँगै सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न पाउने वातावरण पनि सुनिश्चित हुनुपर्छ,” थापाले भने । उनले सीमा सुरक्षासम्बन्धी गतिविधिमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
तिहार लक्षित सुरक्षा : तालिमप्राप्त कुकुरसहित आठ सय बढी प्रहरी परिचालन

तिहार लक्षित सुरक्षा : तालिमप्राप्त कुकुरसहित आठ सय बढी प्रहरी परिचालन

चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष सुरक्षा निगरानी केहि सेकेन्ड अघि फाइल तस्बिर चितवन : तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्वसाधारणको चाप हुने स्थानमा ता...

#तालिमप्राप्त #कुकुर
Compare →
Onlinekhabar
20h ago
तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

तातोपानी नाका पूर्णरूपमा खाेल्न चीनसँग कूटनीतिक संवाद तीव्र बनाउन माग

२७ कात्तिक, काठमाडौं । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको नेपाल–चीन प्रमुख व्यापारिक नाका तातोपानीलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ का निवर्तमान सांसद माधव सापकोटाको …

#नाका
Compare →
Bizshala
1d ago
वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको छ...

#नाका
Compare →
Nagarik News
4d ago
काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

काँकडभिट्टा नाकाबाट एकै महिनामा झण्डै एक अर्बको अलैँची निर्यात

झापाको काँकडभिट्टा नाका भएर गत असोज महिनामा मात्रै ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।

#नाका
Compare →

Related Stories

World News
Build #2612