Trending
Prev Story
Next Story

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन …

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।

नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ ।

रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका युवायुवतीलाई रक्तदान गर्न डा. यादवले अनुरोध गरेका छन् ।

चाडपर्वका कारण रक्तदान कार्यक्रममा कमी आएकोले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशालकुमार भण्डारीले बताए । उनले स्वयंसेवी रक्तदाता तथा संघसंस्थाहरूलाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।

#रक्तदान #रेडक्रस #सोसाइटी
Compare →
Hamro Patro News
2w ago
रक्तसञ्चार केन्द्रमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

रक्तसञ्चार केन्द्रमा रगतको अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह

काठमाडौं । चाडपर्वपछि रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्नुले रक्तसञ्चार केन्द्रहरूमा अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीले सबै रक्तसमूहको मौज्दात सकिएको जनाउ...

#रक्तदान #रेडक्रस #रक्तसञ्चार
Compare →

Related Stories

National (Nepal)
Build #2611