काठमाडौंमा घरको मूल्य आम्दानीको तुलनामा धेरै माथि पुगेको छ । बैंकले मूल्यांकनको ६० देखि ७० प्रतिशतसम्म मात्र ऋण दिन्छ । जसले गर्दा पुर्ख्यौली सम्पत्ति नभएका र नियमित आम्दानीमै निर्भर व्यक्तिका लागि आफ्नो पहिलो घर किन्ने वा बनाउने सपना टाढिँदै गएको छ ।
ने पालगन्जका ३३ वर्षीय दीपक जोशी र उनकी ३० वर्षीया श्रीमतीले काठमाडौंमा घर खोज्न थालेको दुई वर्ष भयो । दीपक काठमाडौंको एक प्रतिष्ठित कम्पनीमा कार्यरत छन्, दम्पतीले मासिक १ लाख ३० हजार रुपैयाँ कमाउँछन् । घरजग्गाको भाउ तुलनात्मक रूपमा घटेको थियो, ७–८ प्रतिशतको बैंक ब्याजदर न्यून थियो ।
जोशी दम्पतीले बचतसमेत जोडेर घर किन्ने योजना बनाए । धेरै ठाउँमा घर हेरे । रिङरोडबाट करिब सात किलोमिटर टाढा पुग्दासमेत सामान्य घरको मूल्य डेढदेखि दुई करोड रुपैयाँभन्दा सस्तोमा फेला परेन । ‘मासिक आम्दानीको सीमितता, कार्यालय आउजाउमा लाग्ने समय, बालबच्चा र दैनिक खर्च जोड्दा आम्दानीले नपुग्ने भएपछि अहिले घर नकिन्ने निष्कर्षमा पुग्यौं,’ दीपकले भने ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।