Trending
Prev Story
Next Story

छ प्याकेजमा मेची राजमार्ग विस्तार गरिँदै

Nagarik News •
October 28, 2026 • 12:32 AM
1
1 reads 0 reactions

इलाम-झापा सीमा जोरकलशदेखि ताप्लेजुङसम्म विभिन्न खण्डमा मेची राजमार्गको चौडा विस्तार धमाधम भइरहेको छ।

छ प्याकेजमा मेची राजमार्ग विस्तार गरिँदै

इलाम-झापा सीमा जोरकलशदेखि ताप्लेजुङसम्म विभिन्न खण्डमा मेची राजमार्गको चौडा विस्तार धमाधम भइरहेको छ। सडक साँघुरो भएका ठाउँमा डबल लेन बनाउनेगरी ६ प्याकेजमा चौडा बढाउने काम भइरहेको हो।

जोरकलशदेखि हर्कटे हुँदै राजदुवाली पहिरो मर्मतसम्म २५ करोड रुपैयाँमा ठेक्का लागी काम धमाधम भइरहेको छ। सडक डिभिजन कार्यालयका अनुसार यो खण्डको १५ किमीमा डबल लेन सडक बनाउने र स्तरोन्नति गर्ने जिम्मा जेनएनजे निर्माण सेवाले लिएको छ।

यही राजमार्गको धोबीधारादेखि मिलगोलाईसम्म साढे ७ किलोमिटरका २ प्याकेजमा राजमार्गको चौडा विस्तारको काम भइरहेको छ। गत साउनमै काम सुरु भएको र २ प्याकेजमा गरी १५ किमी सडक विस्तार हुने डिभिजन प्रमुख पवन भट्टराईले जानकारी दिए। धोबीधारादेखि ढकालबारीसम्मको प्याकेज ३४ करोड १४ लाख ९४ हजार रुपैयाँमा ठेक्का लागेको हो। गौरी गणेश-शंकर त्रिशक्ति जेभीले कामको जिम्मा लिएको छ। गत जेठ २१ मा सम्झौता भएको काम गर्ने म्याद २०८५ मंसिर १९ सम्म छ।

ढकालबारीदेखि मिलगोलाईको अर्को प्याकेजको कामसमेत धमाधम छ। सरोज-उद्देश्य जेभीले ४६ करोड १८ लाख ३७ हजार रुपैयाँमा कामको ठेक्का लिएको छ। ‘यी प्याकेजमा चाहिँ सडक चौडामात्र हुँदैन, सानवीरे खोल्सीमा २५ मिटरको पुल पनि बन्छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘बञ्चरेगोलाई र मिलगोलाईको पहिरो गएको ठाउँमा आधुनिक प्रविधिको पहिरो नियन्त्रणको कामसमेत हुनेछ।’ उनका अनुसार एंकर, आरसिसी वाल, बायोइन्जिनियरिङसहितका काम यी प्याकेजमा छन्।

बाघखोरदेखि राँके खण्ड ज्यादै साँघुरो भएकाले यहाँ पनि चौडा बढाइँदैछ। करिब १० किमीको यो सडकको चाहिँ मोड सुधार प्राथमिकतामा भइरहेको छ। ‘यो खण्डमा सडक विस्तारभन्दा पनि रोड सेफ्टी इम्पु्रभमेन्टको कार्य भइरहेको छ,’ डिभिजन प्रमुख भट्टराईले भने, ‘यो काम गरिसक्दा १० किमीजति डबल लेनको सडक बन्छ। मोडलाई ट्राफिक जाम र सम्भावित दुर्घटनाबाट सेफ बनाउने मुख्य उद्देश्य हो।’ कामको ठेक्का भगवती क्युएस्टले लिएको छ।

मेची राजमार्गअन्तर्गत पाँचथरको जोरपोखरीदेखि गोपेटारसम्मको अति साँघुरो सडक सुधार गरिँदैछ। कालोपत्रै कहिल्यै नटिक्ने समस्या रहेको यो खण्डको ५ किमीमध्ये ३ किमी सडक ढलान थालिएको छ।

प्रमुख भट्टराईका अनुसार मेची राजमार्गको काबेलीसम्म अहिले इन्टरमिडिएट लेन (साढे ५ मिटर चौडाको गाडी गुड्ने भाग रहेको) छ। तर, काबेलीदेखि ताप्लेजुङसम्मको साढे २२ किमी सडक चाहिँ सिंगल लेन (चौडा ४ मिटर) छ। यो खण्डमा ज्यादै दुर्घटना हुने र जलविद्युत् आयोजनाहरू पनि धेरै भएकाले सडकमा निकै चाप छ। यहाँ पनि मोड सुधार भइरहेको उनले जनाए। हिमालयन निर्माण सेवाले यहाँको काम गरिरहेको छ।

डिभिजन प्रमुख भट्टराईले डिभिजनले निर्धारित समयमा काम सम्पन्न गराउनेगरी निर्माणकर्तालाई ताकिता गरिरहेको जनाए। ‘समयमै काम सक्नेगरी अघि बढाउन डिभिजनले प्रयास गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्मको कामको गतिले निर्धारित समयमा काम सकिने अनुमान गर्न सकिन्छ।’

मेची राजमार्गका विभिन्न ठाउँमा सडक साँघुरो भएको र धेरै ठाउँमा भत्किएर सवारीका साधन चलाउन समस्या भइरहेको छ। यही बेला डिभिजनले विभिन्न खण्डमा सडकको चौडा बढाउने कार्य अघि बढाएको हो। तर, राजमार्गका विभिन्न स्थानमा राजमार्गकै क्षेत्राधिकारभित्र बनेका घर, बजार, संरचनालगायत हटाउन भने चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ ०६:१७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
यी राजमार्ग छन् पूर्णरूपमा अवरूद्ध

यी राजमार्ग छन् पूर्णरूपमा अवरूद्ध

काठमाडौं- विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद...

#राजमार्ग
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#विस्तार
Compare →
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#राजमार्ग
Compare →
Arthasansar
4d ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#राजमार्ग
Compare →

Related Stories

Technology
Build #2611