काठमाडौँ। दसैँको बिदाको मौका छोपेर काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा सांसद उर्मिला थपलियाको डेरामा चोरी भयो । कात्तिक १ गते देखि ५ गतेको बिचमा चोरी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सांसद थपलियाका परिवार दसैँको बिदामा उपत्यका बाहिर गएको बेला चोरी भएको थियो । कार्तिक ५ मा परिवारका सदस्यहरू फर्केपछि मात्रै चोरी भएको घटना थाहा भएको थियो। थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार नगद चोरेको अनुसन्धानले देखाएको छ।
Read full story at source ( ratopati.com )