Trending
Prev Story
Next Story

म्याक्स टाइगरको ‘दशैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे

Bizshala •
October 17, 2026 • 02:07 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले...

म्याक्स टाइगरको ‘दशैं धमाका’मा थप दुई विजेता, स्कुटर र मोटरसाइकल हात पारे

काठमाण्डौ ।  म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले यामाहाका स्कुटर र मोटरसाइकल जितेका छन्।

कम्पनीका अनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन्। यससँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने विजेताको संख्या पाँच पुगेको छ।

यसअघि बनेपाका कुमार राज, धादिङको गल्छीका सञ्जोग रिमाल र सुर्खेतका किशोरजंग शाह विजेता बनिसकेका थिए। तीमध्ये तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर जितेका छन्।

म्याक्स टाइगरका अनुसार अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। साथै एक जना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार पाउनेछन्।

हालसम्म पाँच विजेता सार्वजनिक भइसकेकाले अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार घोषणा हुन बाँकी रहेको कम्पनीले जनाएको छ।

नयाँ विजेता ठोकरले सामान्य रूपमा खरिद गरेको म्याक्स टाइगरको एक क्यानमार्फत स्कुटर जितेका हुन्। जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार प्राप्त गरेको भन्दै उनले दशैंको समयमा पाएको यो उपहारले चाडपर्वलाई अझ विशेष बनाएको बताएका छन्।

कम्पनीले दशैंको उत्साहलाई आकर्षक पुरस्कारसँग जोड्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ। बनेपा, धादिङ, सुर्खेत, बुटवलदेखि धनगढीसम्मका उपभोक्ता विजेता बनेसँगै अभियानप्रति उपभोक्ताको चासो थप बढेको कम्पनीको भनाइ छ।

म्याक्स टाइगरले प्रत्येक क्यानसँग पुरस्कार जित्ने अवसर रहेको जनाउँदै बाँकी स्कुटर, मोटरसाइकल तथा बम्पर पुरस्कार प्रोटोन कारका विजेता क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
19h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#स्कुटर #मोटरसाइकल
Compare →
Hamro Patro News
2d ago
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरी : सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ५ ...

#स्कुटर #मोटरसाइकल
Compare →
Onlinekhabar
2d ago
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

२५ कात्तिक, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट …

#स्कुटर #मोटरसाइकल
Compare →
Ekantipur
2d ago
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो ।

#स्कुटर #मोटरसाइकल
Compare →

Related Stories

Business & Economy
Build #2611